• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा एकैदिन चीनको सिचुआन एयरलाइन्सले छेङ्दु-पोखरा चार्टर उडान गर्ने

  •    शुभेच्छा न्यूज  /२० जेष्ठ २०८०, शनिबार १७:२० ,  प्रकाशीत
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ।

    चीनको सिचुआन एयरलाइन्सले छेङ्दु-पोखरामा दुईवटा चार्टर उडानको प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार आउँदो २१ जुनमा दुईवटा चार्टर उडान हुनेछ। कम्पनीले न्यारोबडी जहाजमार्फत दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ।

    सिचुवान एयरलाइन्सको नेपालका लागि आधिकारिक टिकट बिक्रेता कम्पनी सोसाइटी इन्टरनेसनल रहेको छ।

    गत जनवरी १ तारिखबाट संचालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।

    प्राधिकरणका अनुसार यो विमानस्थलबाट नियमित उडान गर्नका लागि हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुआन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले नियमित उडानका लागि सम्भावित अध्ययन गर्दै आएका छन्।

    निजी वायुसेवा कम्‍पनी बुद्ध एयरले यो विमानस्थलबाट भारतको विभिन्न सहरमा नियमित उडानका लागि प्रक्रिया सुरु गरेपनि भारतले अनुमति नदिदाँ उडान हुन सकेको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.