पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ ।
पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडानको काम सुरु भएको हो ।
पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले रु.१ करोड ७० लाख लागतमा काम सुरु गरिएको हो ।
जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् ।
पोखरा महानगरपालिका थप ५ वटा चोकहरूमा ट्राफिक संकेत लाइटहरू जडान लागि टेन्डर आह्वानको प्रक्रियामा रहेको छ ।
चिप्लेढुंगा, हल्लनचोक, राष्ट्रबैकचोक, रत्नचोक र हेमजाको मिलनचोकमा पनि ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । महेन्द्रपुलमा भने जडान भैसकेको छ । सडकको लेन व्यवस्थापन पछि सञ्चालनमा आउने छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक संकेत लाइटहरू आवश्यक रहेको बताए।
सहरी क्षेत्रको ट्राफिक कन्ट्रोल गर्न कम जनशक्तिका बाबजुद लाइटहरू प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गरे ।
हाल पोखराका मुख्यचोकहरुमा हाइमास्ट लाइटहरू जडान भैसकेका छन् भने १८ सय बढी सडक बत्तीहरू बल्ने क्रममा रहेका छन् ।

आगामी १ महिना भित्र ती बत्तीहरू बलि सक्नेछन् ।
Related