• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /२२ जेष्ठ २०८०, सोमबार ०८:५० ,  प्रकाशीत
  • आजको राशिफल

    मेष : आज पनि समय त्यत्ति शुभ छैन । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन आउन पनि सक्छ त्यसमा आफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

    वृष : आज पनि समय खराब नै रहनेछ । सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने योग छ ।

    मिथुन : आज इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।

    कर्कट : आज पनि समय खराब छ । वित्तीय पक्ष राम्रो भएपनि सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावक वर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।

    सिंह : आज पनि समय राम्रो छ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

    कन्या : आज पनि समय खराब नै छ । दिनभरि विभिन्न बाधा अड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

    तुला : आज समय शुभ छ । उच्च मनोबल बढ्ने र महत्वपूर्ण काम सम्पादन गर्न सकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

    वृश्चिक : आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्न सक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्न सक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउन सक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ ।

    धनु : आज आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद-प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्न सकने सम्भावना छ भने प्रेम पारखीको लागि पनि दिन उत्तम छ ।

    मकर : आजको दिन आँट ठूलै गराउने तर काम पूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुन सक्नेछ । उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिनसकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज यहाँले भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु राम्रो हुनेछ ।

    कुम्भ : आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजना संवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ ।

    मीन : आजको दिन केही सावधानी अपनाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ ।

    लेखक ज्यो. हरि पन्त

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.