यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् ।
खोटाङ घर भएका राइले छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएको वैशाख २९ गते पक्राउ परेका थिए ।
उनलाई सोमबार जिल्ला अदालत खोटाङले चार लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि रकम बुझाएर राई छुटेका हुन ।
जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म पीडित छात्राको अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो ।
आरोपीविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोग पत्र दायर गरेको थियो ।
अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको थियो ।राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक÷सञ्चालक हुन् ।
फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् ।

त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए ।
Related