• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बैदेशिक रोजगारीबाट फर्केर गाउँमा उद्यम : स्थानिय कच्चापदार्थ प्रयोग गरेर मनग्य आम्दानी

  •    शुभेच्छा न्यूज  /२३ जेष्ठ २०८०, मंगलवार ११:११ ,  प्रकाशीत
  • वीरेन्द्र केसी

    सन्धिखर्क नगरपालिका–८ पकलेका युवा सुमन अर्यालले सन्धिखर्कमा थरीथरीका अचारका परिकार तयार पारेर बजारका भान्सामा पुर्‍याउँछन् ।

    गाउँमा फल्ने काफल, अमला, लसुन, खुर्सानी, अकबरे खुर्सानी र मिक्स अचार रातभर तयार पार्ने र दिनभर बजारमा बिक्री गर्छन् । अचारका लागि चाहिने सामान खरिद गर्न उनी गाउँगाउँ डुल्छन् ।

    ‘स्थानीय उत्पादन संकलन गरेर सिजनअनुसारका विभिन्न प्रकारका अचार तयार गर्छु,’ उनले भने, ‘यही वैशाख ११ गतेबाट बजारमा अचार ल्याएका छौं । बिस्तारै मार्केट बढ्दो छ ।’

    केही वर्षअघिसम्म यसरी अचार बिजनेस गर्ने सोच उनलाई थिएन । छिमेकी साथीभाइ वैदेशिक रोजगारीमा जानेको लहरले उनलाई स्वदेश बस्न मन लागेन । केही वर्षअघि उनी मलेसिया पुगे । म्यानपावर कम्पनीले नक्कली भिसामा पठाएका कारण ११ महिनासम्म जेल बसेर फर्केको उनले बताए । त्यसपछि दुबई गए । त्यहाँ पनि राम्रो कमाइ नभएपछि स्वदेश फर्केर अचार उद्योग सञ्चालन गरेको उनले बताए ।

    स्वदेश फर्केपछि अचार उद्योग खोल्न छत्रदेव गाउँपालिका–५ का मोहन रानाभाट दौंतरी भए । ‘गाउँमा उत्पादन भएको काफल, अमला, लसुन, खुर्सानी खरिद गरेर हामी अचार बनाउँछौं,’ उनले भने, ‘बिस्तारै ठूला सहरमा पठाउने लक्ष्य छ ।’

    मलेसिया र दुबईमा दुःख पाएकै कारण आफ्नै देशमा अचार उद्योग सञ्चालन गरेको उनले बताए । सानो लगानीमा सुरु भएको व्यवसायलाई बिस्तारै ठूला सहरका होटल, रेस्टुरेन्ट र व्यक्तिका भान्सामा पहाडको अचार पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । ‘विदेशमा धेरै दुःख भोगें,’ उनले भने, ‘दैनिकी पीडादायी हुन्छ । यहाँ आफ्नो बिजनेससँगै परिवारसित बसेर गाउँको सामाजिक काममा पनि सक्रिय भइन्छ ।’

    रानाभाट १७ वर्ष भारतको दिल्लीमा गाडी चालकको काम गरेर फर्किएका हुन् । ‘दिल्लीमा गाडी चलाउँदा अचार उद्योगमा लगानी गरेको देखेको थिएँ,’ उनले भने, ‘स्वदेश फर्केर आफैं उद्योग खोलें । भारतमा भन्दा आफ्नै ठाउँमा केही गर्नु ठीक लागेर म फर्कें ।’

    अचारका लागि सबै सामान जुटाएर आफैं तयार गरेर डब्बामा राखेर बजार पुर्‍याउने उनले बताए । ‘हाम्रो उद्योगले किसानलाई पनि टेवा दिन्छ,’ उनले भने, ‘अमला, काफल, खुर्सानी, लसुन, आँपलगायत सिजनअनुसारका सबै खरिद गरिदिन्छौं । हामीले अर्घाखाँचीकै उत्पादनको अचार तयार गर्छौं ।’

    दुबई र कतारमा रोजगारीबाट फर्किएका पशुपति पाण्डेले सन्धिखर्क नगरपालिका–५ बलेवाङमा ३० रोपनी जमिन भाडामा लिएर दुई वर्षदेखि अकबरे (डल्ले) खुर्सानी खेती गरेका छन् । उनले पनि अचार तयार गर्छन् । घरमै आधा र एक किलोको डब्बामा खुर्सानीको अचार तयार गरेर बजार पठाउने उनले बताए ।

    काठमाडौं र बुटवलका मार्केट पसलमा गाडीबाट पठाइने र माग बढ्दो रहेको उनले सुनाए । ‘खुर्सानी पनि बिक्री भएको छ,’ उनले भने, ‘खुर्सानी चाउचाउ उद्योग र तरकारी पसलेले खरिद गर्छन् । अचार काठमाडौंका ठूला मार्केट पसलमा जान्छ ।’

    स्वास्थ्यलाई राम्रो मान्दै खुर्सानी र अचारको माग बढ्दो छ । जवानी छँदासम्म अरूको देशमा श्रम गर्ने र उमेर ढल्केपछि फर्कनुभन्दा युवा उमेरको बल आफ्नै माटोमा खर्चिंदा धेरै राम्रो हुने भएकाले आफू कृषि उद्यममा लागेको पाण्डेले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.