पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हरियो खर्क अस्पतालबीच सिटी स्क्यान सेवा दिनेबारे सम्झौता भएको छ ।
सिटी स्क्यान मेसिन बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा एकअर्कालाई सघाउने गरी सम्झौता भएको अस्पतालले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
प्रतिष्ठानले जारी गरेको बिज्ञप्तिमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएको अवस्थामा बिरामी हरियो खर्क अस्पतालमा रिफरल सेवा लिन जानुपर्नेछ । सिटी स्क्यान शुल्क पश्चिमाञ्चल क्षेत्रीय अस्प्तालमा नै बुझाउनुपर्ने छ ।
स्वास्थ्य बिमा गराएका बिरामीहरुले पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बिमा काउन्टरमा नै बिलिङ गर्नुपर्नेछ । हरियो खर्क अस्पताल पुगेर सेवा लिनुपर्नै अवस्थामा पनि थप शुल्क नलाग्ने अस्पतालले प्रष्ट पारेको छ ।
यही जेठ २१ मा समझदारी भई सुचारु भएको सेवा लिने सेवाग्राहीलाई हरियो खर्क अस्पतालले सवारी सुविधा उपलब्ध गराउनेछ ।
करिब १० वर्ष सेवा अवरुद्ध भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फिलिप्सको सिटी स्क्यान मेसिन गत साउनमा भित्रिएको थियो ।
तर,नेदरल्यान्डबाट ५ वर्ष वारेन्टीसहित भित्रिएको सिटी स्क्यान मेसिन कम्पनीबाटै प्राविधिक आउन समय धेरै लाग्ने भएपछि प्रतिष्ठानले हरियाखर्क अस्पतालसंग यस्तो सहमतिमो सेवादिने योजाना बनाएको हो।
अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि समस्या समाधानको विकल्पका रुपमा सम्झौता गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
सरकारी अस्पतालमा मेसिन धेरै बिग्रनुको कारण निजी अस्पतालमा कार्यरत कर्मचारीको मिलेमतोमा बिगार्ने गरेको आरोप लाग्ने गरेको छ ।

Related