गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।
जेठ २१ गते सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि ३ दिनसम्म छलफल गरी बिहीबार संसदबाट पारित भएको हो ।
नवलपुर, लुमजुङ र म्याग्दी, मुस्ताङका विभिन्न ठाउँमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय मदिराको ब्रान्डिङ गर्नेसम्मका महत्वकांक्षी र लोकप्रिय कार्यक्रम कार्यान्वयनमै अधिकांश सांसदले शंका गरेका छन् ।
गण्डकीको नीति तथा कार्यक्रमले सुरुङ मार्गको कुरा गर्नु हावादारी भएको बागलुङका एमाले सांसद कृष्ण पाठकले बताए ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रिज्ञपरिषदका कार्यालयलगायत मन्त्रालय र मातहतका प्रशासनिक निकाय तथा कार्यालयहरु अझै प्रदेश मातहत आउन नसकेको बताए ।
एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले यो सरकारले नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन गर्ने बेलासम्म आफूहरु पनि सरकारमा पुग्न कुरालाई हेक्का राखेर गम्भीरतापूर्वक लिएको बताए ।
सांसद सुधीरकुमार पौडेलले संघप्रति बोल्न नसकेको प्रदेशको कार्यक्रम स्थानीय तहतिर भने तंग्रा देखाएर अधिकारलाई हरण गर्न खोजिरहेको आरोप लगाए ।

Related