अन्तरंग तस्विर आफन्तलाई पठाइ चरित्र हत्या गरेको अभियोगमा स्याङ्जाकी थापा पक्राउ
तपाईको प्रतिक्रिया





फोटो तथा भिडियो आफन्तलाई पठाइ चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महिलाको अन्तरंग फोटो तथा भिडियो आफन्तलाई पठाइ चरित्र हत्या गरेको अभियोगमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ खुर्सानीडाँडा घर भई हाल पुतलीबजार बस्ने ४२ वर्षीय ज्ञानु थापा पक्राउ परेकी छन् ।
सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट मित्रताका लागि आएका अनुरोध स्वीकार पछि कुराकानी हुने क्रममा पीडित महिलाको एक पुरुषसँग प्रेम सम्बन्ध बसेसंगै म्यासेन्जरमा कुराकानी हुने क्रममा उनीहरुबीच अन्तरंग फोटो तथा भिडियो समेत साटासाट भएका थिए ।
यसै क्रममा पुरुष विवाहित रहेको थाहा पाएपछि दुईबीचको सम्वाद टुटिसकेको थियो । तर, पछि थापाले अनधिकृत पहुँच बनाई पीडितको भाउजूको म्यासेन्जरमा सो अन्तरंग फोटो तथा भिडियो पठाएर दुःख हैरानी दिएको उजुरी साइबर ब्युरोमा परेको थियो ।
अनुसन्धानका क्रममा थापाको संलग्नता खुलेपछि उनलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
Related