• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको द्धध नीति : फेवा फाँटको दुइथरी भु-उपयोग नीतिले स्थानिय आक्रोसित

  •    शुभेच्छा न्यूज  /२७ जेष्ठ २०८०, शनिबार २०:०८ ,  प्रकाशीत
  • फेवा फाँटलाई सिमसारका रुपमा परभाषित गरएपनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानिय आक्रोसित बनेका छन ।

    महानगरले कोहीलाई काखा कोहीलाई पाखा गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्ने सम्मको तयारी गरेका छन ।

    सिमसार भनिएर रोकिएको फेवा फांट पोखरा महानगरमा धनराज आचार्य निर्वाचित भएर आएपछि कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही ब्याक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि स्थानियको जग्गा होचो भागमा परि वर्षायाममा पानी जमेर खेतीगर्न समेत नमिलेको उनीहरुको महानगर समक्ष गुनासो छ ।

    स्थानिय कुृल प्रसाद तिमिल्सिनाले आफुहरुले वर्षौदेखी भोगचलन गर्दै आएको फेवाफाँटमा गत वर्षदेखी खेतीपाती गर्न नसक्ने अवस्थामा पुगेको वताउछन ।

    फेवाफांटमा महानगरकै कारण केही ब्याक्तिहरुले माटो पुरेर प्लटिङ बनाएपछि आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पानी जमेर पोखरी बन्ने गरेकै कारण धान रोप्न नपाएको उनको गुनासो छ ।

    प्लटिङ संगैको जग्गामा आफुले पनि माटोले पुरेर खेती गर्न पाउनु्पर्ने उनको माग छ । त्यही विषय लिएर महानगरमा जांदा तिमिल्सिनाले आफुहरुको जग्गा सिमसारमा पर्ने भएकाले माटो पुर्न नमिल्ने भनेर मेयरले पटक पटक फर्काएको वताए ।

    वर्षायाम सुरु हुन लाग्यो अव हाम्रो जग्गा डुवानमा पर्छ त्यसैले अव हामीले पोखरीमा धान रोप्न सक्दैनौ बरु महानगरविरुद्ध आन्दोलन गर्छौै तिमिल्सिनाले भने ।

    तिमिल्सिनामात्रै हैन फेवाफांटमा तिमिल्सिना जस्ता दुई दर्जन स्थानियको जग्गा प्लटिङकै कारण डुवानमा परेको छ । उनीहरुको गुनासो एउटै छ प्लटिङ गरेको उचाइ बरावर माटोले पुरेर खेती गर्न पाउनुपर्छ ।

    स्थानीय निर्मला तिमिल्सिनाले आफ्नो जग्गा प्लटिङकै कारण डुबानमा परेको भन्दै पटक पटक महानगरमा गुनासो गर्न पुगेको भएतापनि महानगरले एउटैमात्र जवाफ दिने गरेको वताइन ।

    प्रत्येक पटक महानगरमा पुग्दा आफुहरुको जग्गालाई सिमसार भएकै कारण माटोले पुर्न नपाउने जवाफ महानगरबाट पाउने गरेको तिमिल्सिनाले बताइन ।

    महानगरले एउटै कित्ताको जग्गामा कोहीलाई काखा र कोहीलाई पाखा गर्ने गरी निर्णय गर्नुृ गलत भएको वताउदै तिमिल्सिना भन्छिन संगैको सधियार जग्गामा प्लटिङ गर्न पाउने हामीले प्लटिङकै कारण डुबानमा परेको जग्गा पुरेर खेती गर्छु भन्दा नपाउने कस्तो नियम हो ।

    फेवाफाँटकै स्थानिय देविलाल लामिछानेले महानगरले पछिल्लो समय स्टन्ट बाजी गरेको बताए । पुस्तौदेखी भोगचलन गर्दैै आएको प्राकृतिक रुपमा भएको जग्गालाई तीनखेतीको रुपमा उपभोग गर्दै आइरहदा प्लटिङकै कारण धानखेती गर्न नपाएको बताउछन ।

    पुर्जा एउटै भएपनि महानगरले फरक फरक निती लागु गर्दा आफुहरु फेवाताल पुर्ने मतियारको रुपमा चिनिएको बताउदै आफुहरु फेवा संरक्षणमै लागीरहेको र प्लटिङ र बाकी रहेका जग्गालाइ एकै रुपमा हेर्नुपर्ने बताउदै आफुहरु माथी परेको अनयायको विरुद्ध आन्दोलनमा जाने बताए ।

    मालपोत कार्यलय कास्कीका प्रमुख रामचन्द्र अधिकारीले सिमसार भन्ने क्षेत्रको पटक पटक विबादमा आएको र सरोकार वालाहरु सवै सिमसार क्षेत्र भनिएको ठांउमा पुग्दा जग्गा प्लटिङ पुर्न खोजिएको देखेपछि मालपोतमा सोधनी भएपछि महानगरले खण्डीकरण गरेको अभिलेख हेर्दा सिमसार क्षेत्र भनेर खण्डीकरण गरेको नदेखिएको बताए ।

    विभिन्न १० वटा क्षेत्रमा भु उपयोग ऐन नियमावलीमा महानगरले खण्डीकरण तोक्दा आवास र कृषि देखिएको र कुनैपनि क्षेत्रमा सिमसार नदेखिएको अधिकारीले बताए ।

    स्थानिय तहको आफ्नो स्वायत्य अधिकार भएतापनि सिमसार भनेर नदेखिएकै कारण उक्त क्षेत्र सिमसार नभएको उनको भनाइ रहेको थियो ।

    देख्दा ओसिलो सिमसार जस्तो देखिएतापनि कानुनत सिमसार नदेखिएको अधिकारीले बताए ।

    स्थानियले निश्चित नियम कानुनको पालना गरेको खण्डमा बिवाद नआउने उनको भनाइ रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.