शुभेच्छा न्यूज पर्वत । दैनक जसो हुनेगरेको बर्षा र बढ्दो गर्मीसंगै पर्वत जिल्ला अस्पतालमा भाईरलका बिरामी बढ्न थालेका छन ।गर्मीकै कारण भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढेको अस्पतालले जनाएको छ ।जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
सामान्यतया अन्य समयमा ४०,५० जना बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएको छ। अस्पतालमा आउने अधिकाँस बिरामीहरु भाइरलबाट संक्रमीत भएको अस्पतालका चिकित्सकले बताएका छन्।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेकोछ । भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको जिल्ला अस्पताल पर्बतका डाक्टर बिनित थापाले बताइन््।उनका अनुसार बालबालिकासँगै वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ । पन्ध्र शैया क्षमता रहेको अस्पतालमा बिरामीको चाप अझै बढे वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गर्नपर्ने अबस्था आउने उनले बताइन्।
गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको छ ।
अत्यधिक गर्मी, दूषित पानी र खानपिनमा सावधानी नअपनाउँदा जिल्लामा बिरामीको संख्या बढिरहेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी र छालाका बिरामी बढ्न थालेका हुन् । जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो ।
जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाका अनुसार दूषित पानी, प्रदूषित हावाहुरी र संक्रमणका कारण भाइरलको प्रकोप बढेको हो ।
शुभेच्छा न्यूज
पर्वत । दैनक जसो हुनेगरेको बर्षा र बढ्दो गर्मीसंगै पर्वत जिल्ला अस्पतालमा भाईरलका बिरामी बढ्न थालेका छन ।गर्मीकै कारण भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढेको अस्पतालले जनाएको छ ।जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

Related