पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिला र नवजात शिशु दुवैको मृत्यु भएको छ ।
सोमबार राती सुत्केरी गराउने क्रममा तनहुँकी २६ वर्षीया शर्मिला कुँवर र उनको नवजात शिशुकोे मृत्यु भएको हो ।
दमौलीको ब्यास–१२ कमलबारी घरभएकी शर्मिला जेठ २१ गते तोकिएको डलीभेरीका दिन दमौली अस्पताल पुगेकी थिइन । त्यहाँ उनको वस्थालाइ मध्य नजर गर्दै स्वास्थ्यकर्मीले पोखरा रिफर गरेका थिए ।
एक हप्तापछि उनलाइ श्रीमान कृष्ण दरईले पोखरा ल्याइएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए ।
शर्मिलालाई सोमबार विहान ११ बजे व्यथा लाग्ने औषधी अस्पतालले दिएको थियो । दिउँसो ४ बजेतिर औषधिको दास्रो डोज दिपछि शर्मीलाको स्वास्थ्य अवस्था विग्रीएको परिवारले वादी गरेको छ ।
राती करिब ११ बजे उपचारका क्रममा शर्मिलाको मृत्यु भएपछि मृत बच्चा निकालिएको थियो ।
अस्पतालले हेलचक्रयाईका कारण श्रीमति र बच्चाको मृत्य भएको श्रीमान् कृष्णले आरोप लगाए । तर, पश्चिमाञ्चल क्षेत्रय अस्पतालका प्रमुख डा. भरत खत्रीले उपचारको क्रममा अवस्था बिग्रीएका कारण बिरामीकोे मृत्यु भएको बताए ।
उनले विरामीको अवस्था नै जटिल रहेकाले मृत्यु भएको बताउँदै अस्पतालले कुनै लापरवाही नगरेको दावी गरे ।

Related