श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको बताएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र श्रीमतीको शव फेला परेको थियो ।
बुधबार तनहुँ प्रहरीले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकमा पक्राउ परेका उनका श्रीमान्लाई सार्वजनिक गरेको छ ।
व्यास नगरपालिका–१२ लामीडाँडा माइती भएकी २२ वर्षीया रंगिला भुजेल जेठ २४ गतेदेखि बेपत्ता भएपछि बुबा मनबहादुर भुजेलले मंगलबार तनहुँ प्रहरीमा रंगिलाको तस्बिरसहित हुलियाको निवेदन दिएपछि प्रहरीले श्रीमान्लाई पक्राउ गरेको हो ।
पक्राउ परेका मनोजविरुद्ध जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

Related