• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय ताल सम्मेलन

  •      /२९ बैशाख २०७५, शनिबार ०६:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा /पोखरामा अन्तर्राष्ट्रिय ताल सम्मेलन शुक्रबार देखि शुरु भएको छ । आइतबार सम्म सञ्चालन हुने सम्मेलनमा ७ देशका प्रतिनिधिहरुले सभागिता जनाएका छन् । सम्मेलनमा ताल संरक्षण, तालको व्यवस्थापन लगाएतका विषयमा २१ वटा कार्यपत्र माथि छलफल हुनेछ । सम्मेलतको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा भएका तालहरुको संरक्षण गर्नुपर्नेे बताए ।

    उनले सन् २००९ को हवाई फोटोको सर्भेमा नेपालमा तीन हजार मिटर भन्दा मुनिका र १ हेक्टर भन्दा ठूला ३ हजार १ सय ३१ तालहरु रहेको अभिलेख रहेको बताए । उनले तर यी तालहरु मध्ये अहिले ४ सय ८५ मात्र भेटीएको बताए । ती तालहरुको मध्ये ९७ तालहरुको सामाजिक जैविक अवस्था सन्तुलित अवस्थामा रहेको अभिलेखद्धारा प्रमाणित भएको उनको भनाई छ ।
    उनले ताल तथा सिमसार क्षेत्र विश्वभर छन् र नेपालका धेरै सिमसार मध्ये ताल एक भएको बताए । सिमसार क्षेत्रले पृथ्वीको लगभग ९ प्रतिशत भूभाग ओगटेकोमा नेपालमा ५ दशमलव ५९ प्रतिशत भन्दा वढी क्षेत्रफल ओगटेको तथ्याङक प्रस्ततु गरे ।
    उनले नेपालको ठूलो ताल रारा, विश्वको सर्वोच स्थानमा रहेको मना¨ जिल्लाको तिलिचो ताल, धार्मिक महत्वको रसुवा जिल्लाको गोसाइकुण्ड, मुस्ता¨को दामोदर कुण्ड, पोखराका फेवाताल, वेगनास, रुपा लगायत नौ तालहरु, कैलालीका घोडाघोडी, इलामको माइपोखरी, कपिलवस्तुको जगदिशपुर, चितवनको विस हजारीय ताल लगायत तराईका जिल्लाहरुमा समेत रहेका तालको छुट्टा छुटै विषेशता रहको उल्लेख गरे ।

    कार्यक्रममा पुर्व विज्ञान तथा वातावरणमन्त्री गशेण शाहले पानी विना र मानिसको जिवनमा सम्बन्ध हुने हुदाँ तालको संरक्षण गर्नु पर्ने बताए । त्यसै गरि नेपाल पर्वतारोहण संघका सचिब टिकाराम गुरुङले नेपालमा ३ हजार ३ सय १० वटा हिमालहरु रहेको जानकारी दिए । उनले ति मध्ये १४ वटा ८ हजार मिटर भन्दा अग्ला रहेको बताए । त्यसै गरि १ हजार ४ सय १४ हिमालको मात्रै नामाकरण भएको उनको भनाई थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.