• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा हुने ड्रागन बोट रेसमा चीनले तीन करोड खर्चिंदै

  •    शुभेच्छा न्यूज  /६ असार २०८०, बुधबार १७:३० ,  प्रकाशीत
  • पोखरामा हुन लागेको चीन-नेपाल मैत्रीय ड्रागन बोट फेस्टिभलमा चीन सरकारले मात्र तीन करोड रुपैयाँ भन्दा बढी खर्च गर्ने भएको छ।

    चीनले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको महोत्सवमा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले करिब एक करोड रुपैयाँ खर्च हुने जनाइएको छ।

    चीनले दक्षिण एसियामै पहिलो पटक ड्रागन बोट रेस फेस्टिभल गर्न लागेको हो। यो महोत्सवले नेपाल र चीनको संस्कृति आदानप्रदान सँगै मुलुककै पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अध्यक्ष धनञ्जय रेग्मीले बताए।

    चिनीयाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको फेस्टिभलमा चीन सरकारले बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न आवश्यक रहेको जनाउँदै सुरुमा पर्यटक आउने वातावारण सिर्जना गर्ने लक्ष्य राखेको छ।

    महोत्सवमार्फत चीनमात्र नभइ विभिन्न मुलुकका पर्यटकको आवागमनमा वृद्धि हुने देखिएको छ।

    हाल चीनबाट आइसकेका आठवटा ड्रागन बोट र यसका लागि आवश्यक उपकरण नेपालमै रहने र प्रत्येक वर्ष मुलुकको विभीन्न पर्यटकीय गन्तब्यमा यो महोत्सव आयोजना गर्ने तयारी रहेको छ।

    महोत्सवका लागि चीनबाट आउने दुई सय भन्दा बढी प्रतिनिधिका चार्टर उडान, आवतजावत, खानपान, बसोबासका लागि आवश्यक खर्च चीन सरकारले नै गर्नेछ।

    महोत्सवमार्फत पोखरा मात्र नभइ समग्र मुलुककै पर्यटन प्रवर्द्धन हुने क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

    कूल आठजना समुहको सहभागिता हुने यो प्रतिस्पर्धामा २०० र ५०० मिटर दुरीको रेस हुने उनले जानकारी दिए। यो प्रतिस्पर्धामा सहभागीमध्ये विजेताका लागि ३० लाख रुपैयाँ पुरस्कार राखिएको उनले बताए।

    महोत्सवका लागि मात्र दुई सय जना भन्दा बढी चिनीयाँ पर्यटक आउने अनुमान छ। यो दिन पाँच-पाँचवटा नेपाली र चिनियाँ परिकारको स्टल रहने उनले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.