नेपाल–चीन ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार उक्त महोत्सवको उद्घाटन गरे ।
नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा बोट फेस्टिभल सुरु भएको हो । दुईदिने महोत्सव फेवातालमा आयोजना गरिएको छ ।
महोत्सवमा चिनियाँ चार र नेपाली चार गरी आठ टिम सहभागी छन् । ती आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । २०० र ५०० मिटर गरी दुई विधामा आठ बोट रेस प्रतियोगिता हुनेछ ।
ड्रागनजस्तै देखिने गरी बनाइएको डुंगाको अग्रभागमा बसेर एकजनाले ड्रम बजाउनेछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउनेछन् । पुछारमा बस्ने एकजनाले डुंगाको दिशा मिलाउनेछन् ।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल आयोजना गरिएको हो ।
यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।
निर्धारित दूरी सबैभन्दा पहिले पार गर्ने टिम विजेता बन्नेछ । सहभागी आठै टिमले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने दुवै विधाका टिमले समान पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Related