• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ग्राहकसंग प्रतिबद्धता जनाउँदै वल्र्डलिंक : ‘इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता’

  •    शुभेच्छा न्यूज  /१३ असार २०८०, बुधबार १८:०५ ,  प्रकाशीत
  • वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधाल्याएको छ ।

    निजीक्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो।

    नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वल्र्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजनाल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वल्र्डलिंको इन्टरनेट स्पिडस्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजनाल्याएको हो।

    यो समयमा जब अरु सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वल्र्डलिंकले गुणस्तरिय सेवालाई प्राथमिकतादिएको छ।

    स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले पाउछन् मनी ब्याकग्यारेन्टी

    वल्र्डलिंकका ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् भने जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवापाउने छन ।

    यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्धहुने छैन । यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँने छन्। यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ।

    कसरीदाबीगर्ने  ? कति रकमफिर्ता हुन्छ ?

    ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय, वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ।

    वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहक को ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ ।तथापि स्पीडको समस्यायथावत रहेमा ग्राहकले मनीब्याक ग्यारेन्टी सुविधाअन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ।

    रकमफिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकममात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिनउपभोग गरीसकेको छ भने ६५ दिनको रकममात्र फिर्ता पाउनेछ।

    कसले दाबी गर्ने ?

    इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले(२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्।
    यदिइन्टरनेट स्पिड स्लो हुँदा वल्र्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याकग्यारेन्टी अफर लागु हुनेछ।

    ५१ वटा शाखामासर्भिस ग्यारेन्टीको अफर

    वल्र्डलिंकले देशभरका मुख्य शहरहरुमा मनीब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदालिन सक्नेछन् ।

    जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वल्र्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनिउपलब्ध गराउँदै जाने छ ।

    वल्र्डलिंकको सेवादुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखी आफ्नो उपस्थिती रहेको वल्र्डलिंकको पहुँच७४ नेपालको जिल्लामा पुगिसकेको जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.