पोखरा । पोखरा लेखनाथ महानगरपाकिकाका दुई स्थानमा बम फेला परेको छ । नेत्रविक्रम चन्द(विप्लप) माओवादीले गरेको बन्दको क्रममा बम फेला परेकाले उनीहरुलेनै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
पोखराका पोखरा लेखनाथ महानगरपाकिलाको विजयपुर र पोखरा विमानस्थल अगाडी बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रिले जानकारी दिए ।
उनका अनुसार विजयपुरको बम नेपाली सेनाको टोलीले डिस्पोज गरि रकेको छ भने विमानस्थल अगाडीको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेकोछ। बम विप्लप माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाई छ । पोखरामा बम फेला पारेपनि प्रहरीले अहिले सम्म कसैलाई पक्राउ भने गरेको छैन। तनहँुमा बम डिस्पोज
तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा फेलापपरेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको बताए । बम निष्क्रिय पार्दा ठूलो आवाज सहित बिष्फोट भएको थियो।
मल्लका अनुसार प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर फेलापरेको थियो।
पोखरा । पोखरा लेखनाथ महानगरपाकिकाका दुई स्थानमा बम फेला परेको छ । नेत्रविक्रम चन्द(विप्लप) माओवादीले गरेको बन्दको क्रममा बम फेला परेकाले उनीहरुलेनै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
पोखराका पोखरा लेखनाथ महानगरपाकिलाको विजयपुर र पोखरा विमानस्थल अगाडी बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रिले जानकारी दिए ।
उनका अनुसार विजयपुरको बम नेपाली सेनाको टोलीले डिस्पोज गरि रकेको छ भने विमानस्थल अगाडीको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेकोछ। बम विप्लप माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाई छ । पोखरामा बम फेला पारेपनि प्रहरीले अहिले सम्म कसैलाई पक्राउ भने गरेको छैन।
तनहँुमा बम डिस्पोज

Related