• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वीचोकदेखि विजयपुरसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउन शुरू

  •    शुभेच्छा न्यूज  /२५ असार २०८०, सोमबार १६:४० ,  प्रकाशीत
  • पोखरा महानगरले पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचनामाथि हटाउन सुरु गरेको छ ।

    एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई सोमबारदेखि हटाउन सुरु गरेको हो ।

    त्यस क्षेत्रमा स्थायी, अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर लगाएर हटाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

    पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंक (एडीबी)को सहयोगमा चार लेनको बन्दैछ। बाटोका लागि एडिबीको टिम आउन लागेकाले त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गर्न महानगरले सहजीकरण गर्न लागेको मेयर आचार्यले बताए ।

    सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंक (एडीबी)को सहयोगमा चार लेनको बन्दैछ।

    २०२६ मा रेखांकन भएको यो सडक सवारीसाधनको चाप बढ्दै गएपछि एडीबीको ऋण सहयोगमा चार लेनको बनाउनका दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

    आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।

    जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का अर्को चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिजले पाएको छ।

    चार लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.