पोखरा महानगरपालिका वडा नं.१७ को भवन शिलान्यास गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
ड्याम साइडमा निर्माण हुने भवनको ५ करोड ३२ लाख ५४ हजार ५१३ रुपैयाँ २९ पैसामा नेचुरल फर्नेसिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि काडमाण्डौँले निर्माणको ठेक्का पाएको छ ।
२०८१ असार २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सो कम्पनीसँग ठेक्का सम्झौता भैसकेको छ ।
पार्किङ सहित तीन तलाको सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवाग्राहीहरूलाई सेवा प्रवाहमा सहजता मिल्ने विश्वास गरिएको छ ।
कार्यक्रम वडा अध्यक्ष राधिका कुमारी शाही योगीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related