• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घाँस खेती गर्ने किसानलाई पोखरा महानगरले अनुदान दिने

  •    शुभेच्छा न्यूज  /२९ असार २०८०, शुक्रबार २१:५४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर २७ का कृष्णहादुर चोचांगी बिहिबार प्रफुल्ल मुद्रामा भेटिए । आफूले ३० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ७८ हजार ४ सय रुपैयाँ अनुदान पाएपछि उनी मख्ख थिए ।

    जलजला कृषि मल्टि एग्रगो फर्म सञ्चालन गरेर उनले तीन वर्षदेखि घाँस खेती गर्दै भएका छन । उनले ४० रोपनीमा खेती गरेपनि ३० रोपनीका अनुदान पाएका हुन् ।

    उनले अनुदान पाएपछि भने,“यो चोखो अनुदान हो । महानगरलाई धन्यबाद । किन भन्दा घाँस महानगरले लादैन । पैशा पनि घाँस पनि दिनुभयो, घाँस फार्मको लागि भयो पैशापनि भयो ।” उनले किसानको माग अनुसार थप राहत दिएर अगाडी बढने हौसला बढने बताए । उनले अघिल्लो वर्ष १२ रोपनीमा लगाएर २७ हजार पाएको तर अहिले ३० रोपनीमा घाँस खेती गरेको बताए ।

    कृष्णहादुर चोचांगी जस्तै सघन घाँस खेती गर्ने पोखरा महानगरभित्रका ७० जना किसानले महानगरबाट अनुदान पाएका छन् । ७० जना किसानलाई महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदास, पोखरा २६ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, कार्यपालिका सदस्य निर्मला पौडल र महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ९ लाख रुपैयाँ अनुदान वितरण गरे /

    महानगर पशु सेवा शाखाकाअनुसार प्रति तीन रोपनी क्षेत्रफलभन्दा माथि सघन घाँस उत्पादन गर्ने किसानले प्रति रोपनी २६ सय हजारका दरले अनुदान पाएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताए ।

    अनुदार वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन् । उनले पोखरा पर्यटकीय क्षेत्र भए पनि कृषिमा पनि उत्तिकै सम्भावना रहेको सुनाइन् । ‘यहाँको कृषि क्षेत्रलाई सुधार्न घाँस र बिउसँगसँगै उत्पादन गर्नुपर्दछ,’ उनले भनिन् ।

    उपप्रमुख गुरुङले पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको समेत जानकारी दिइन् । उनले रकम थोरै भएपनि किसानलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको बताइन् ।

    पोखरा महानगरपालिका वडा नम्वर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङले अझै पनि किसानको मुहारमा चक ल्याउन नसकेको बताउदै किसानमैत्री कार्यक्रम ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

    कार्यपालिका सदस्य निर्मला पौडेलले कृषकहरुलाई उत्साहित भएर खेती गर्न आग्रह गर्दै विरामी भैसी र गाईको दुध विक्री विरण नगर्न आग्रह गरिन् ।घाँस किसान कृष्णबहादुरा चोचांगीले फर्म सञ्चालनका लागि घाँसमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले

    पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले कृषि उत्पादन बढाउन किसानकै मागका आधारमा महानगरले अनुदान कार्यक्रम ल्याएको बताए ।कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका शम्भुराज पाण्डेले घाँसमा अनुदान कार्यक्रम प्रभावकारी रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.