कास्कीमा एक वर्षमा सडक दुर्घट्नामा ४५ जनाको मृत्यु, एक सय २२ जना गम्भिर घाइते
तपाईको प्रतिक्रिया





कास्कीमा एक वर्षमा सडक दुर्घट्नामा ४५ जनाको मृत्यु भएको हो । कास्कीका विभिन्नन स्थानमा भएका १५६ दुर्घटनामा ४५ को मृत्यु भएको हो ।
कास्कीका पोखरा लगायत विभिन्न ठाउँमा भएका १ सय ५६ वटा दुर्घटनामा ४५ जनाको मृत्यु र एक सय २२ जना गम्भिर घाइते भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
दुर्घटनामा मृत्यु हुने ४५ मध्ये ३४ जना पुरुष रहेका छन । यस्तै ८ महिला, २ बालक र १ बालिकाले ज्यान गुमाएका हुन् । गम्भिर घाइतेपनि पुरुषकै संख्या बढी छ । एक वर्षमा ७७ पुरुष, ३७ महिला, ५ बालक, ३ बालिका घाइते भएका छन ।
दुर्घटनामा मृत्यु र घाइते हुनेमा पुरुषको संख्या बढिरहेको छ । दुर्घटनाको मुख्य कारण तिब्र गतिमा सवारी चलाउनु रहेको प्रहरी भनाइ छ । यस बर्षको दुर्घटना भएका मध्ये ७४ दुर्घटना तिव्र गतिका कारण नै भएका छन । सवारी साधनको कारण २, यान्त्रिक गडबडी र ओभर लोडका कारण एक एक दुर्घटना भएका छन् ।
यस्तै सवारीमा झुण्डिएर यात्रा गर्दा दुर्घटना भएको तथ्यांक छ । मादक पदार्थ सेवन १३, विना लाइसेन्स १३, ट्राफिक नियम उल्लंघन ४, जथाभावि ढोका खोल्दा, ओभरटेक गर्दा एक/एक र अन्य कारण ४ रहेका छन् ।
कास्कीमा भएका दुर्धटनामध्ये सबैभन्दा बढी मोटर साइकल दुर्घटना रहेका छन । एक बर्षमा ९४ मोटारसाइकल दुर्घटना भएका छन् ।
त्यस्तै २५ जिप कार, १३ बस, ट्याक्टर ६, ट्रक ट्यांकर २, टिपर ४, माइक्रो ४ र साना सवारी ४ दुर्घटनामा परेका हुन् ।
Related