• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा ढोरपाटनका मेयर देवकुमारसहित ११ जनाविरुद्ध मुद्दा

  •    शुभेच्छा न्यूज  /२ श्रावण २०८०, मंगलवार १२:०३ ,  प्रकाशीत
  • इमेज बचत तथा ऋण सहकारी संस्थाका संचालकसहित विरुद्ध ठगी मुद्दा दर्ता भएको छ।

    बागलुङमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा असार २५ गते ठगी मुद्दा दर्ता भएको हो ।

    कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६६८ रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गरेको जनाएको छ ।

    सरकारी वकिलको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाका मेयर तथा संस्थाका अध्यक्ष नेपालीसहित देवबहादुर दर्जी भन्ने देवकुमार नेपाली, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाही, मुख्य कार्यालयका प्रबन्धक शक्ति किसान, मुख्य कार्यालयका लेखा प्रमुख लालमती रोका, गलकोट सेवा केन्द्रका प्रबन्धक अनिल नेपाली, बुर्तिबाङ सेवा केन्द्रका लेखा प्रमुख अनिता बुढा मगर विरुद्ध मुद्दा दर्ता भएको छ ।

    भण्डारी, रोका, किसान पक्राउ परिसकेका छन् । देव कुमार नेपाली, डोर बहादुर परियार, सुनिल नेपाली, लक्ष्मी सेन सुनार, रुपा विक, झग बहादुर शाही, अनिल नेपाली र अनिता बुढा मगर फरार रहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.