• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अतिक्रमण गरिएको फिर्केखोलाको सीमांकन शुरु, एकहप्तामा प्रतिबेदन बुझाईने

  •    शुभेच्छा न्यूज  /३ श्रावण २०८०, बुधबार १९:१३ ,  प्रकाशीत
  • पोखरा महानगरले फिर्केखोलाको पुरानो आकार खोज्न सुरु गरेको छ ।

    अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक बासुदेव पौडेलको संयोजकत्वमा बनाएको टोलीले बुधबारदेखि कार्य शुरु गरेको हो ।

    पौडेलको संयोजकत्वमा गठबन गरिएको १८ सदस्य समितिलाइ दुइ भागमा बिभाजन गरेर फिर्केखोलाको अन्तिमबिन्दू गाईघाटदेखि खोलाको वास्तविक मार्ग खाज्न थालिएको हो ।

    समितिले फिर्के खोलाको निरीक्षण गरी २०३२ सालको नक्सालाई आधार बनाएर खोला र घरको मापदण्ड अध्यायन गरेर एकसातामै प्रतिवेदन तयार पार्ने छ ।

    २४ मिटरसम्म फराकिलो रहेको फिर्के खोला पछिल्लो समय पाखरामा धनाबस्ती विस्तारसंग अतिक्रमणको चपेटामा परेको छ ।

    पछिल्लो समय राजनैतिक नेतृत्वका स्वार्थका कारण खोला किनाराबाटै घरका जग उठाउने, खोलामाथि नै भौतिक संरचना निर्माण गर्ने जस्ता कार्यले अधिकांस ठाउँ अतिक्रमण गरिएको छ ।

    पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर पस्र्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोला लामो समयदेखि मापदण्ड १० मिटर कायम छ । तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला अतिक्रमण गर्ने क्रम तीव्ररुपमा अगाडी बढेको छ ।

    फिर्केखोला अतिक्रमण गरी बनाइएका घरबाट खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा पुगे मिसिँदा दुर्घन्धित बनेको छ ।

    खोलामा अतिक्रमणले सखाप पार्ने कार्य तीव्र रुपमा बढ्दै गर्दा मेयर धनराज आचार्यले मापदण्ड विपरीतका संरचना छिट्टै भत्काउने बताउँदै आएका छन् ।

    पोखरा १८ को अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला वडा नम्बर १७ र ६ हुदै फेवातालमा मिसिन्छ । यसको लम्बाई करिब ८ किलोमिटर भएको अनुमान गरिएपनि चौडाइ भने निरन्तर घट्दै गएको छ ।

    खोलाका किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन नपाइने कानुनी ब्यवस्था भएपनि अतिक्रमण बढ्दै गएको छ ।

    ०३२ सालको नक्सा अनुसार फिर्केखोलाले चर्चेको झन्डै १ सय ९२ रोपनी जग्गा विभिन्न व्यक्ति, शक्ति केन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायतले अतिक्रमण गरेको आशंका गरिएको छ ।

    यस अघि निवर्तमान मेयर मानबहादुर जिसीले फिर्के खोलाको मपदण्द र सीमांकन गर्न महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा समिति बनाएका थिए ।

    त्यो समितिले बुझाएको प्रतिवेदनमा खोला मिचेर १ सय ९२ वटा संरचना बनाइएको उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.