पा्ेखराका ब्यवसायीहरुले विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ।
होटल संघ पोखराले बुधबार प्रत्येक दिन विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको हो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले प्राधिकरणका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई समयसमयमा विद्युत् अवरुद्ध हुँदा हुने समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको हो।
विद्युत् अवरुद्ध हुँदा होटल क्षेत्रका साथै आम सर्वसाधारण मर्कामा परेको अध्यक्ष सुवेदीले बताए। विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई सेवा उपलब्ध गराउन कठिनाइ हुँदै आएको उनको भनाइ छ।
संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले सहजरूपमा विद्युत् पाउन नसकेको बताए।
प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन धेरै तर खपत कम हुँदा विद्युत सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत अवरुद्ध गरि ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको बताए।

Related