पत्रकार कृष्ण अञ्जानको हृदयघातका कारण निधन भएको छ ।
दुई दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल झरेका उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
बुटवल तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उनी आमाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।
नवलपरासीको सुनवलमा व्यवसाय गर्दै आएका उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा सुनवलमा भएको तत्कालीन विद्रोही माओवादी र शाही सेनाको दोहोरो भिडन्तको क्रममा गोली लागेर मृत्यु भएको थियो ।
रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवाररुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका थिए ।
विभिन्न सन्चार संघसंस्थामा आबद्ध रहेका उनी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन् ।

Related