• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रेस चौतारी गण्डकीको साधारणसभा : सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न

  •    शुभेच्छा न्यूज  /२२ श्रावण २०८०, सोमबार ०९:०६ ,  प्रकाशीत
  • प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।

    प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पत्रकार महासंघ सदस्यता शुद्धीकरण अभियान नाममा महासंघ गण्डकीले प्रेस चौतारी नेपालमा आबद्ध क्रियाशील पत्रकारलाई छानीछानी सदस्यता खारेज गरेकोप्रति आपत्ति जनाएको छ ।

    साथै उक्त निर्णय तत्काल सच्याउन माग गर्दै महासंघ प्रदेश समितिमा लगाएको तालाबन्दी कायम राखी अझ कठोर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

    यसैगरी, गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकलाई मिडियामैत्री बनाएर यथाशीघ्र पारित गर्न माग गरेको छ भने संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकारले सुरुवात गरेको सञ्चारमाध्यमको लागि लोककल्याणकारी विज्ञापन वर्तमान सरकारबाट विज्ञापनको रकम घटाउने तथा वितरण प्रक्रियामा विभेद गर्ने जस्ता परिदृष्य देखिएकाले यस्तो कार्य तत्काल रोक्न र सबै सञ्चारमाध्यमले समान हिसाबले लोककल्याणकारी विज्ञापन र सोवापतको रकम पाउने व्यवस्था गर्न माग गरेको छ ।

    अनेक बहानामा श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमबाट निष्काशन गर्ने, काम छोड्न बाध्य पार्ने र समयमा पारिश्रमिक उपलब्ध नगराउने जस्ता गतिविधि भैरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न र श्रमजीवी पत्रकारलाई पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै समयमै न्युनतम पारिश्रमिक उपलब्ध गराउन माग गरिएको छ ।

    पोखरासहित प्रदेशका सम्पूर्ण पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पूर्वाधारको विकास र आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढाउन आवश्यक नीति, बजेट र कार्यक्रम बनाएर लागू गर्न प्रदेश सरकार र सम्बन्धित सरोकारवाला निकायसमक्ष माग गरिएको छ ।

    यसअघि साधारणसभाको उद्घाटन समारोहका अधिकांश वक्ताले अहिलेको सरकार नागरिकको हितमा नभएको र पत्रकार महासंघ सरकारको छाया संस्थाको रुपमा विकास हुँदै गरेको भन्दै कडा टिप्पणी गरे ।

    कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले चौतारीका सदस्यहरुलाई छानीछानी महासंघले हटाएको भन्दै उक्त निर्णयको चर्को विरोध गरे ।

    शुद्धीकरण अभियान प्रेस चौतारीले सुरुआत गरेको स्मरण गर्दै उनले यदि चौतारीलाई घेराबन्दी पारिए महासंघका देशभरका शाखा तथा एसोसियट शाखामा तालाबन्दी गरिने चेतावनी दिए ।

    एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारीका इन्चार्ज राजेन्द्र गौतमले अहिलेको सरकार जनताको हितमा नरहेको भनी टिप्पणी गरे । चौतर्फी घेराबन्दीबीच पनि प्रेस चौतारी सशक्त बन्नुपर्ने सुझाव दिए ।

    एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अहिलेको गण्डकी सरकारले आफूहरुले सुरुआत गरेको कामलाई नै मुख्य उपलब्धि हो भनी सार्वजनिक गर्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।

    एमाले केन्द्रीय सदस्य एवं जनवर्गीय संगठन समन्वय संयन्त्र गण्डकी संयोजक डा. सूर्य पाठकले मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षामा काम गरोस् भनी चौतारीलाई शुभकामना दिए ।

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन बिस्टले यो सरकार तस्करी गर्नेहरूको लागि हो भन्दै उसको कार्य जनविरोधी भएको आरोप लगाए ।

    एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रचार संयोजक राजीव पहारीले प्रेस चौतारीका आगामी कार्यक्रममा सक्दो सहयोग गर्ने वचन थिए ।
    नेकपा एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष एवं जनवर्गीय संगठन प्रमुख मोहन रेग्मीले एमाले विरूद्ध चौतर्फी घेराबन्दी भइरहेको भन्दै यो भ्रम चिर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

    एमाले गण्डकी प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले प्रेस चौतारीले विगतमा हरेक क्षेत्रमा लिड गर्दै आएकोमा अब पनि गर्दै जाने शुभेच्छा व्यक्त गरे ।

    चौतारीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेलले महासंघको शुद्धीकरणमा भएको विभेदको चर्को विरोध गरिन् । उनले प्रेस चौतारीलाई बलियो बनाउन सबै जना मिलेर जानुपर्ने बताइन् ।

    बन्दसत्रमा गण्डकीका मनाङबाहेक सबै जिल्लाका अध्यक्षले शाखाको प्रगति प्रस्तुत गरेका थिए । प्रेस चौतारी गण्डकी महासचिव आश गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष भविश्वर पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित सर्वसम्मत पारित भएको थियो ।

    प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस चौतारी नेपाल केन्द्रीय समिति सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल र सञ्चालन महासचिव आश गुरुङले गरेका थिए ।

    सो अवसरमा एमाले केन्द्रीय प्रचार विभाग सदस्यमा चयन गणेश पाण्डे र रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.