जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते शुभेच्छा न्यूज /२७ श्रावण २०८०, शनिबार २१:१४ , प्रकाशीत लमजुङमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन। राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । राइनास -१० प्यारजुङबाट सुन्दरबजारको भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुबाहक जिप दुर्घटना भएको हो । घाइतेमध्ये चालक सुन्दरबजार नगरपालिका-८, बगैंचाका अन्दाजी ३० वर्षीय पुरन गुरुङको लमजुङमा उपचार हुन नसकी चितवन लगिएको छ । अन्य ८ जनाको अवस्था समान्य रहेको र उनीहरुको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित भोटेओडार हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा करिब २० देखि २५ जना यात्रु रहेको बताइएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
लमजुङमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन।
राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
राइनास -१० प्यारजुङबाट सुन्दरबजारको भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुबाहक जिप दुर्घटना भएको हो ।
घाइतेमध्ये चालक सुन्दरबजार नगरपालिका-८, बगैंचाका अन्दाजी ३० वर्षीय पुरन गुरुङको लमजुङमा उपचार हुन नसकी चितवन लगिएको छ ।
अन्य ८ जनाको अवस्था समान्य रहेको र उनीहरुको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित भोटेओडार हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिपमा करिब २० देखि २५ जना यात्रु रहेको बताइएको छ ।
Related