• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रेफ्रि र प्रशिक्षकको जीवन विमाको तयारी गर्दै परिषद्

  •    शुभेच्छा न्यूज  /३१ श्रावण २०८०, बुधबार १९:३६ ,  प्रकाशीत
  • प्रदेश खेलकुद परिषद गण्डकीले सुचिकृत भएका रेफ्रि र प्रशिक्षकहरुको जीवन विमा गर्ने तयारी सुरु गरेको छ ।

    सुचिकरणको लागि ३५ दिने सूचना प्रकाशित गरेको परिषदले सूचिकृत भएका सबैको जिवन विमा समेत गर्ने तयारी सुरु गरेको हो ।

    सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले आर्थिक वर्ष २०८०र०८१ को विनियोजित बजेटबाट सबैको जिवन विमा गरिने जानकारी दिए ।

    परिषदले गत साउन १ गते एक ३५ दिने सूचना प्रकाशित गरि रेफ्रि, निर्णायक, जज, प्रशिक्षक तथा खेलस्थलहरुको समेत सूचीदर्ताका लागि आह्वान गरे संगै जिल्ला खेलकुद विकास समितिहरुमा सूचिकृत अभियान जारी रहेकै बेला परिषदले सबैको जिवन विमाको तयारी सुरु गरेको जानकारी दिंदै सदस्य सभिव शर्माले भने–“हामीले उहाँहरुलाई सूचिकृत गर्न आह्वान गरेका छौं । तद्अनुरुप जिल्ला–जिल्लामा उहाँहरुले सूचिकरण गर्दै हुनुहुन्छ भने परिषदले जिवन विमाको तयारी समेत सुरु गरेको छ ।”

    परिषदले सबैको अपनत्व प्रदान गरि प्रदेशको खेलकुद विकास अभियानमा संगै अघि बढाउन जिवन विमा कार्यक्रमले सहयोग पुग्ने सदस्य सचिव शर्माले बताए । “उहाँहरु सूचिकृत हुने मात्रै कुरा होइन । सूचिकृत भए संगै उहाँहरुलाई परिषदले उपलव्ध गराउने सेवा पनि अर्को महत्वपूर्ण पाटो हो”, शर्माले भने–“३५ दिन भित्र सूचिकृत भए संगै हामीले उहाँहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम पनि समावेश गर्दैछौं ।”

    आगामी दिनमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा सूचिकृत भएका प्रशिक्षक, रेफ्रि र निर्णायकहरुले मात्रै सञ्चालन गर्न पाउने विषय कडाईका साथ लागु गर्ने बताउँदै उनीहरुको अभिलेखिकरणको अधिकार प्रदेश खेलकुद परिषद संग मात्रै रहेको सदस्य सचिव शर्माले बताए ।

    यसै गरी परिषदले बुधबार पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिलाई समेत पत्रचार गर्दै प्रशिक्षण केन्द्रको विवरण र प्रतियोगिताको अनुमती तथा सहमतिका लागि साथै खेल प्रशिक्षकहरुको सूचिकृतका लागि आवश्यक सहयोग गर्न भनेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.