• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विद्यार्थीको मन जित्दै दुई नाटक : ‘बुकिङ शो’ मार्फत मञ्चन जारी

  •    शुभेच्छा न्यूज  /३१ श्रावण २०८०, बुधबार २१:२८ ,  प्रकाशीत
  • पोखरामा ‘दुई नाटक’ मञ्चन जारी रहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर यो नाटक तयार भएको हो ।

    हालसम्म ‘बुकिङ शो’ मार्फत १५ पटक मञ्चन भएको यो नाटक ‘पब्लिक शो’ मार्फत समेत गन्धर्व नाटकघरमा देखाइसकिएको छ ।

    यसैक्रममा बुधबार गुरुकुल विद्या सदनमा अध्यनरत १ सय २० जना विद्यार्थीले नाटक हेरे । उनीहरुले थिएटरमा पुगेर नाटक मात्र हेरेनन् थिएटरमा प्रयोग हुने विभिन्न प्राविधिक पक्षको बारेमा समेत जान्न पाए । स्टेज, लाइट लगायतका थिएटरमा प्रयोग हुने विविध पक्षको बारेमा प्रयोगात्मक शैलीमा जानकारी दिइयो । जसका कारण विद्यार्थी थप उत्साहित बने ।

    नाटक हेरिसकेपछि सोही बिद्यालयका शिक्षक अशोक सोतीले पाठ्यपुस्तकमा पढेको कथा र एकांकीलाई नाटक मार्फत थिएटरमा हेरपछि विद्यार्थीको ज्ञानको दायरा बढेको आफुलाई महशुस भएको बताए । कलाकारले गरेको मेहनतको उनले खुलेर तारिफ गरें । नाटकप्रति विद्यार्थीको रुचि बढ्नु सुखद पक्ष भएको भन्दै नयाँ पुस्तालाई थिएटर प्रति आकर्षित गर्नको लागि थिएटरले गरिरहेका गतिविधिको प्रशंसा समेत गरें ।

    गुरुकुल विद्या सदन सँगै ज्योतिकुञ्ज मावि, फेवा पब्लिक स्कुल, डाइमण्ड मावि, ज्ञान सरोवर, तारापुञ्ज शिक्षा एकेडेमी, वेलनन एकेडेमी, ताराकुञ्ज शिक्षा एकेडेमी, कुम्दिनी होम्स, रेन्बो एकेडेमी होम्स, गण्डकी बोडिङ स्कुल, पश्चिमाञ्चल मावि, एसओएस हर्मन माइनर, प्रतिभा मावि, शुक्रराज बलभद्र मावि, बालप्रभात, अक्सफोर्ड एकेडेमी, लिटल ड्याफोडिल र द ड्रिम्स स्कुलका विद्यार्थीले नाटक हेरिसकेको पोखरा थिएटरले जनाएको छ ।

    नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ ।

    भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा मञ्चन गरिएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन भैरहेको बताए ।

    यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।

    झण्डै एक घण्टा अवधिको यो नाटक ‘बुकिङ शो’ मार्फत भाद्र २२ गतेसम्म र दर्शकको माग आएमा ‘पब्लिक शो’ मार्फत समेत मञ्चन गरिने पोखरा थिएटरले जनाएको छ ।

    नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् ।

    यसैगरी पोष्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ्ग, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.