बिर्खे एउटा गाउमा सानो झुपडीमा बस्दथ्यो । सानै हुदा बिबाह ग¥र्यो । पढन पनि त्यति पाएन ।आफुले पढ्न नपाएको कुरा मनमा खिल जस्तै गढेर बसेको थियो ।
उसले उमेर नपुग्दै बाबा आमाको करकापमा बिबहा गर्यो । बिबाह गरेको ६ महीना नबित्दै खर्चको जोहो गर्न मुग्लान तिर भासिने सोच बनायो । त्यही गाउँको दाइको साथ लागेर मुग्लान (त्यो बेलाको मुग्लान भरत) पस्यो ।
मुग्लान लागेको ६ महीना नहुदै एउटा घोर्ले छोरा जन्मिए छ । छोरा जन्मिएको खुशियालिमा हर्ष उल्लासकासाथ मुग्लानमा साथिभाइलाई पार्टी पनि दिएछ । त्यही खुशिमा छोराको नाम “तीले “ राखेछ ।
दुखम सुखम जीवन गुजरा चल्दै थियो । हेर्दा हेर्दै छोरो पनि स्कुल जाने भएछ । छोरालाइ राम्रो पढाउँछु भन्दै गाउँको राम्रो बोर्डिङ स्कुलमा हाले छ । छोराले पनि फस्ट फस्ट हुँदै क्लास उक्लदै गए छ ।
छोराले पनि एसईईमा राम्रो अंक ल्याएर पास गरेछ । अनि ११ पढन शहरको स्कुल जाने भएछ । शहरमा गएर पनि राम्रो गरेर पढे छ । पढेको स्कुल नै टप गर्न सफल भएछ । १२ को परिक्षमा पनि उसले क्लास टप्न सफल भएछ । त्यस पछि उसको बाबाको कामाइले मात्र उसलाइ पढाउन सक्ने अबस्था भएन ।
छोरो तीलेले कतै स्कोलरसिप पाउँछु कि भनेर धेरै कलेजमा निबेदन दीन पुगेछ । तर आफ्नो कोही चिनेको मान्छे नभएका कारण कही कतै पाएन । परीक्षा दिदो रहेछ, स्कोलरसिपमा राम्रो अंक पनि ल्याउदो रहेछ । तर, आउने बेलामा नाम अर्कैको चढाएर आउदो रहेछ । अनि जागीर खान धेरै ठाउमा पुगेछ ।
उसको मर्कसिट, सर्टी फीकेट देखेर अफिसका म्यानेजरले यस्लाइ त जाहीर दीदाँ संस्थालाइ राम्रो हुन्छ, कसो गरौं भनेर संस्थाको अध्यक्षलाई सोध्दा रहेछन्। तर, अध्यक्षले उसलाइ हैन मेरो फलानो आमाको मामाको बुहारीको नाति छ ,उसलाइ नियुक्ति गरिदीनु भन्दा रहेछन ।
त्यहा पनि उसको कोही आफन्त नभएकोले जागीर पाएन छ । फेरि सोचेछ, लोक सेवामा त आफ्नो मानिस चाहिदैन । त्यही परीक्षा दीन्छु र जागीर खान्छु । बाबा जस्तो सधैको मुग्लान पस्दीन । म पढेलेखेका मानिस मुग्लान पसेर एउटा मालिकको पन्जामा फदिन भन्ने सोचेर लोक सेवाको तयारी थाले छ ।
लोक सेवाको परीक्षा पनी राम्रो गरेछ । तर, नाम भने निस्किएन छ। उसको नाम आउनु पर्ने ठाउमा, लोक सेवाको परीक्षा पेपर उठाउने कर्मचारीले उसको पेपर साटेर आफ्नो छोराको नाम र सिम्वल नम्बर लेख्दीए छ ।
कतै केही नभए पछि फेरि भर्ती हुन गएछ । त्यहाँ पनि तेरो यहाँ कोही मान्छे छ, कि छैन भनेछ । छैन भने पछि छाती त ३२–३६ नै थियो । परीक्षा पनि राम्रै गरेको थियो। तर, नाम नै निस्केनछ । छोरो मान्छे हुँ हिम्मत हार्नु हुदैन भन्ने सोचेर उसले अब नेपालमा नै कृषि ब्यसाय गर्ने सोच बनाएर कुखुरा पाल्ने निष्कर्शमा पुगेछ ।
कृषकको छोरो कुखुरा पाल्दछु । बाख्रा पाल्दछु । यसको लागि त पहीला लगानी चाहियो । कही कतै पढेको थियो । देखेको थियो । सुनेको थियो ।
बैंकमा गयो भने कृषि कर्जा पाइन्छ भनेर । अनि उ बैंकमा गएछ । बैकका ब्यवस्थापकलाइ भेटेर कृषि ब्यवसाय गर्न ऋण मिलाई दिन आग्रह गरे छ । उसको कुरा सुनेपछि बैंकका कर्मचारीले तिम्रो बजारमा जग्गा जमिन छ। कि छैन, धितो राख्नलाई भनेर सोधे छन् । उसले छैन भनेपछि बैंकबाट कर्जा दीन बजारको जग्गा जमिन धितो राख्नु पर्ने बताए छन । तिले त्यहाबाट निरास भएर घर गएछ ।
बेलुकी सुत्ने बेलामा यसो याद गरे छ ! बैकले बजारको जग्गा धितो खोज्यो । अब, सहकारीमा जान्छु र त्यहीबाट ऋण लिन्छु । भोलिपल्ट १० बज्ने लाग्दा तिले सहकारीमा पुगेर ब्यवस्थापकलाइ कृषि ब्यवसायका लागि ऋण आवस्यक परेको कुरा दर्शाए छ। एसको कुरा सुनेसंगै सहकारीका ब्यवस्थापकले बाबुका नामको सबै जग्गा धितो राख्नु पर्ने ।
सरकारी कार्यालयमा गएर ब्यवसायीक फार्म दर्ता गर्नुपर्ने र दर्ता गरेको कागज ल्याएर सहकारीमा राख्नु पर्ने भन्ने सर्त सहित १८ प्रतिशत ब्याजमा ऋण दिने सहमति भएछ । तिलेले ५ लाख निकालेर कुखुरा फारम शुरु गरेछ । फार्मलाइ धरेलु उद्योगमा दर्ता गर्नु पर्ने पान नम्बर लिनु पर्ने रहेछ । अनि सरकारी कार्यालयमा गएको कर्मचारीले सेवाग्राही होइन कुनै मुर्गा आयो जस्तै गरी यो चाहिन्छ, त्यो चाहिन्छ भनेर दुख दीन थालेछन ।
फार्मको लागि ४ किल्लाको सधियारको सहमती चाहिन्छ खै सहमती ? बनाएर ल्याउनुहोस भन्दो रहेछ एउटो कर्मचारीले । अर्कोले उसको जग्गाको आढाको सधियारलाइ गएर त्यसलाइ सहमती नदीनु है । अलि कति भए पनि पैसा माग्नु दीएन भने यहाँ फोहोर हुन्छ, गन्हाउदछ भन्नुहोस भनेछ । उसलाई त्यही सहमती बनाउन फलामको चिउरा चबाउनु जस्तै भएछ ।
बल्ल तल्ल निकालेको ऋणबाट त्यही अलि अलि उनीहरुलाइ खुवाएर सहमती बनाएर दर्ता गरेछ । यता काम शुरु नै भएको छैन । सहकारीको किस्ता शुरु भै सकेको छ । यता महीना होइन कि दीन, घन्टा कट्ने बित्तिकै ब्याजको स्याज शुरु हुन थाले छ ।
बल्लतल्ल गरेर कुखुरा पाल्न शुरु के गरेको थियो । बिचरा पढाईको ज्ञान भए पनि ब्यबहारिक ज्ञानको कमीले कुखुरालाई खाना बढी भएर केही कुखुरा मरे छन । यही बेला कुखुरामा बर्ड फ्लू आएको हल्ला चलेछ । अनि फेरि सरकारी कर्मचारी उसको फार्ममा परीक्षण गर्न गएछन । बेलुका ५० हजार लिएर फलानो होटलमा आउनु भनेर एउटाले भने छ । उसले किन ५० हजार लिएर आउने भनेर प्रतिप्रश्न गरेछ । यसो हाम्रो लागि यहाँ आउँजाउ खर्चपानी के ?
उसले फेरि भने छ तपाइहरुलाइ त हाम्रो करबाट तलब भत्ता खानु भएको छैन र ? अर्को कर्मचारीले भनेछ । यो त अलि बढी नै बाठो भयो । यसबाट हात नलाउने भयो भनेपछि तिलेको फार्मको कुखुरामा बर्डफ्लु भेटियो भनेर भएका सबै कुखुरा मारेर गाढीए छन ।
यसबाट बिचराको आर्थिक पाटो ध्वस्त भएछ । न सहकारी किस्ता तिर्ने आम्दानी छ ? न घरखर्च धान्ने कुनै आधार छ । बिहान बेलुका हात जोर्ने धौ धौ परीरहेको बेला सहकारीले तेरो धितो जग्गा लिलाम गर्नु पर्ने भयो । धेरै महीना भयो किस्ता ब्याज नआएको भन्दै धम्क्याउन थाले छ । बिचरा बाउबाजेले दुःख गरि आर्जेको गाउँको २ हल जग्गा पनि लिलामी हुने भएछ । यो चोट सहन नसकेर तिले नेपालको शिक्षामा टप गरेको मार्कसिट सर्टीफीकेट दराजमा मिल्काए छ र पासपोर्ट बनाउन गएछ ।
नेपालमा नै केही गर्दछु भन्ने अठोटबाट हार खादै बाध्य भएर साथिभाइ आफन्त संङ हारगुहार गरेर बल्ल तल्ल बिदेश जाने ऋण खोजेर मेनपावरवालालाइ पैसा बुझाएर खाडी मुलुक तिर लागे छ ।
बिदेशमा पनि यहाँ भने जस्तो र सुने जस्तो त कहाँ हुन्थ्यो र । तै पनि जेनतेन ५ बर्ष खाडीमा बिताए छ । त्यहाँ बस्दा नेपालका नेताले लौ देशमा ब्यबस्था परीबर्तन भो । नेपालमा गणतन्त्र मौलायो ।सुखी नेपाली, समृद्ध नेपाल भयो, भन्दै फलाकेको भाषण टिभिबाट सुनीरहदो रहेछ । गणतन्त्र आयो अब नेपाली खान लगाउन र काम नपाएर भोकै कोही मर्दैनन । नेपाली जनतालाइ स्वास्थ्य, शिक्षा निःशुल्क हुन्छ ।
मनमनै कल्पना गर्दारहेछ आहा ! नेपालमा त साच्चिकै ठुलै परीबर्तन भएछ क्या हो । सपना देख्न थालेछ । साच्चिकै ५ बर्षमा त नेपाल स्वीजरल्याण्ड सिङ्गापुर नै भएछ । महान नेताले साँच्चिकै देशलाइ स्वर्गनै बनाए छन । अनि त्यही बेला नेपालका प्रधानमन्त्रीले बिदेशबाट आउने नेपालीलाई २ वटा मिबाइल र २ तोला सुन ल्याउन छुट दीने भनेर उर्दी जारी गरे छन भन्ने सुनेछ । आहा ! देशमा त साच्चिकै सुशासन कायम भएछ । मनमनै दंग पर्न लागेछ । अब, त पहीला मैले भोगे जस्तो दुःख कष्ट ज्यादती मेरा छोरा नातिले भोग्नु नपर्ने भएछ भन्दै खुशिले गद्गद भएछ ।
आफुले ५ बर्ष खाडीमा बिताएर आफ्नो रगत र पसिना संग साटेको पैसाले नेपालमा आफुले लगाएको ऋण तिरेछ । अनि अलि अलि बचेको पैसाले आफु आउदा आमा र बाबालाइ एक एक वटा सुनको औँठी बनाएर लगाइदीने धोकोले दुई तोला सुन र आफू संग बिदेशमा हुदा बोल्न सजिलो होस भनेर एक÷ एक वटा मोबाइल लिएर आएको रहेछ ।
नेपालको एयरपोर्टमा झर्ने बित्तिकै कर्मचारीले यो सुनको भन्सार खै ? यो दुइटा मोबाइल ल्याउन पाइन्न भने थाहा छैन भनेर थर्काउन थालेछन । उसले नम्र भएर भनेछ । यो सुन बाबाआमाको लागी औँठी बनाएर लगाइदिने भनेर ल्याइदिएको हो । नेपालका प्रधानमन्त्रीले नै २ वटा मोबाइल ल्याउन पाइन्छ भनेको सुनेर २ वटा मोबाइल ल्याएको हु भनेछ । अनि कर्मचारीले त्यो हामीलाइ थाहा छैन । प्रधानमन्त्रीले भनेर हुन्छ नीतिनियम लागू हुनुपर्दैन । उ त्यहा फलानालाई भेट्नुहोस भनेछ ।
अनि उस्ले नजिकैको कुनामा लगेर यो सामानको अलि अलि यतै मिलाम्की पुरै भन्सार लगाई दीम भनेछ । बिचरा तिले ! के गर्ने के नगर्ने भएछ । अनि दुइटा मोबाइल र दुई तोला सुन त ल्याउन पाइने होइन र भनेर सोध्दै यहाँ क्विन्टलका, क्विन्टल सुन त, आउदछ ।
मैले ल्याएको दुई तोला सुनमा कर ? उच्चारण गर्न के भ्याएको थियो । उक्त ब्याक्तिले भने छ धेरै ल्याङ्ल्याङ नगर बढी ग¥र्यौ भने तिमीलाइ त्यही क्विन्टलका क्विन्टल सुन बोकाएर पठाएको भरीया हो, भनेर त्यही केसमा जेलमा हाल्दीन्छु भनेर धम्काएछ ।
बिचरा तीले ! बिदेशबाट कल्पना गरेको देश । नेताको भाषण सुनेको भरमा देखेको सपना एक छिनमा पानीका फोकामा परिणत भएछ । मिथ्या र भ्रमले उसको पहिलो गाँसमा मै ढुङ्गा लाग्यो ।
जगदिश लामिछाने

Related