अहिले सम्म कै ठुलो पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध, खुलाउन दुई दिन लाग्ने
तपाईको प्रतिक्रिया





सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
चितवनको मुग्लिन नजिक नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो खसेका कारण यो सडकखण्ड अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।
पहिरो करिब ७ सय मिटर चौडाइमा गएको प्रहरीको भनाई छ । अहिले पनि पहिरो चलिरहेका कारण पहिरो पन्छाउने काम नभएको प्रहरीको भनाई छ ।
Related