मिटर नचलाई यात्रु ठग्नखोज्ने ३६ ट्याक्सी प्रहरी नियन्त्रणमा
/२ जेष्ठ २०७५, बुधबार १६:०२ , प्रकाशीत
पोखरा ३ जेठ । कास्की प्रहरीद्धारा पांच घण्टाको अवधिमा मिटरमा नचल्ने ३६ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । बुधवार दिउसो १ बजे देखी ५ बजेको अवधिमा राखिएको चेकिङको क्रममा मिटरमा जान नमानेका र मिटर सञ्चालन नगरी यात्रु ओसार पोसार गरेका ३६ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइ कारबाही गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले वताए ।
तत्कालिन प्रहरी उपरिक्षक अशोक सिंहको पालादेखी ट्याक्सीमा मिटर सञ्चालनमा ल्याएको र सोही अनुरुप आफुले पनि ट्याक्सीमा मिटर चेकिङलाई निरन्तरता दिएको भएतापनि आफ्नो कारबाही प्रकृया भने सिंहको भन्दा फरक रहेको वताए ।
रानाले भने अघिल्लो एसपिले के गरे त्यो थाहा भएन तर मैले ट्याक्सी चालकहरुलाई पहिलो पटक सुध्रन मौका दिएको छु । कारबाहीको क्रममा ट्याक्सी चालकलाई पहिलोपटक सुध्रन मौका दिएर चालकलाई छाड्ने गरेको र दोश्रो पटक पनि ट्याक्सीमा मिटर सञ्चालन नगरेको खण्डमा सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाई कारबाही गर्ने समेत वताए । नियन्त्रणमा लिएका ट्याक्सीहरुको लागत राखिने भएकाले दोश्रो पटक पक्राउ पर्ने ट्याक्सी कुनैपनि हालतमा छुट नपाउने रानाले वताए । ट्याक्सीमा चढ्दा मिटरमा जान नमानेमा १०० वा १०३ मा फोन गरी जानकारी दिन समेत रानाले यात्रुहरुलाई आग्रह गरेका छन ।
त्यसैगरी रानाले कास्कीको कमाण्ड सम्हाल्ने बित्तिकै चोरी र लागुऔषध ओसारपोसारमा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको छ । रानाले कास्कीको कमाण्ड सम्हालेको तीन दिनको अवधिमा चोरी गर्ने दुइ र लागुऔषध ब्राउन सुगर बिक्री वितरण गर्ने दुइ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । प्रहरीले जेठ १ गते पोखराको इन्द्रचोकबाट ब्राउन सुगर सहित पोखरा १० घलेचोक बस्ने जुना नेपाली र पोखरा १५ का सुवास रानालाई ९ पोका ब्राउन सुगर सहित पक्राउ गरेको हो । संकास्पद अवस्थामा हिडिरहेको अवस्थामा नेपाली र रानालाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले ९ थान ब्राउन सुगर सहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related