• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण

  •    शुभेच्छा न्यूज  /२४ भाद्र २०८०, आईतवार ०९:०५ ,  प्रकाशीत
  • नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन भएका छन् ।

    मञ्चको शनिबार भएको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा (नवराज) चुनिए ।

    यस्तै, सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा मनोज विशुन्के चयन भएका छन् ।

    मञ्चको कार्यसमिति सदस्यमा सीता ढकाल कोइराला, टिकाराम अधिकारी, शरण रिजाल, बेलबहादुर तामाङ्ग, रामप्रसाद नेपाल, नमराज लामिछाने, सावित्री बराइली, रमेश भट्ट, निरमाया तामाङ्ग, रामहरि सारु मगर रहेका छन् ।

    नवराज दुवाडी संयोजक, वीरबहादुर थापा र कृष्णबहादुर लम्साल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
    यसअघि अधिवेशनको उट्घाटन नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

    कार्यक्रममा विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारी, एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घले, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, मञ्चका पूर्व अध्यक्ष बेनी पाठक लगायतले बोलेका थिए ।

    मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए ।

    उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो ।

    यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.