• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेलवाल

  •    शुभेच्छा न्यूज  /२४ भाद्र २०८०, आईतवार १०:३९ ,  प्रकाशीत
  • नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन् ।

    शनिवार वीरगन्जमा भएको निर्वाचनमा रुपन्देहीका लोकहरि श्रेष्ठलाई पराजित गर्दै वीरगन्जका खण्डेलवालले १७ मतले पछि पार्दै विजयी भएका हुन् ।

    वीरगन्जमा शनिवार भएको निर्वाचनमा १९५ जनाले मतदान गरेकोमा खण्डेलवालले १०४ मत पाएका थिए भने श्रेष्ठले ८७ मत ल्याएका थिए ।

    निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा बुटवलका रामप्रसाद खरेलले १४१ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत ल्याएका थिए ।

    यस्तै केन्द्रीय उपाध्यक्ष आयाततर्फ रामचन्द्र शर्माले १११ मत ल्याएर विजयी भए भने शेखर श्रेष्ठले ७३ मत ल्याए । यस्तै केन्द्रीय उपाध्यक्ष थोकतर्फ टंक प्रसाद अधिकारीले १३० मत ल्याई विजयी भए भने प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५१ मत प्राप्त गरे ।

    केन्द्रीय उपाध्यक्ष खुद्रातर्फ यामनाथ पौडेल १०७ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद विडारीले ८१ मत प्राप्त गरे ।

    महासचिवमा श्रीधर खनाल ९७ मत सहित विजयी भए भने प्रशान्त मानन्धरले ९० मत ल्याए । केन्द्रीय कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत सहित विजयी भए भने प्रतिस्पर्धी राजेशकुमार प्रधानले ८९ मत ल्याए ।

    केन्द्रीय सचिवमा कृष्णबहादुर रोकायले १०७ मत ल्याउँदा सृजन कुमार भट्टराईले ८७ मत ल्याए । यस्तै केन्द्रीय सदस्य खुलातर्फ बद्री खनाल १३१, भुवनेश्वर बुढामगर ९५, गेहेन्द्रप्रसाद मिश्र ८१, कञ्चन शर्मा खतिवडा १०५, सरला कुमारी विष्ट १३५, मुकुन्दकृष्ण श्रेष्ठ ६३, अविनाशकुमार पाण्डेय ५७ मत ल्याएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.