• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

  •    शुभेच्छा न्यूज  /२४ भाद्र २०८०, आईतवार १७:५४ ,  प्रकाशीत
  • रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं. ६ प्रथम हुन सफल भएको छ ।

    हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं. ८ द्धितिय, जयमुल आमा समुह वडा नं. २ तृतीय र कमल जौसी आमा समुह वडा नं. २५ सान्त्वना हुन सफल भएका छन् ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    त्यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्यमा बुहारी सशक्तिकरण समाज र उत्कृष्ट भेषभुषामा माछापुच्छ«े आमा समुह वडा नं. १४ लाई तीन÷तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रजापति पराजुली, सम्झना अधिकारी र सावित्री गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    कार्यक्रममा रेडियोका सञ्चालक समितिका सदस्य÷सल्लाहकार, आजीवन सदस्यहरु र आमा समुहहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

    ३५ वटा समुहले सहभागीता जनाएकोमा उत्कृष्ट ६ वटा समुहलाई फाइनलमा प्रतिष्पर्धा गराइएको कार्यक्रम संयोजक मैया थापाले जानकारी दिइन ।

    कार्यक्रममा जोजिजु म्यूजिक सेन्टरका कलाकारहरु हरीमाया जोजिजु, सानु जोजिजु, उत्प्रेम जोजिजु,खउत्प्रेरण जोजिजुले वाध्यवाधनद्धारा राष्ट्रिय गानको धुन र स्वागत धुन प्रस्तुत गरेका थिए ।

    कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेश, कृषि बिकास बैकं गण्डकी प्रदेश, माछापुछ«े बैक गण्डकी प्रदेश, नोभा डेरी, स्प्रीङ्खले पानीको सहयोगमा आयोजना भएको हो ।

    कार्यक्रममा प्रथम पुरस्कार प्रायोजन पद्यमावती मिडीया प्रा.ली.का प्रोपाइटर हिरा भट्टराई, द्धितीय पुरस्कार प्रायोजन विनोद खकुरेल, लिला खकुरेल काठमाण्डौ, तृतीय पुरस्कार प्रायोजन रेडियोका शेयर सदस्य तथा वरीष्ठ स्त्री रोग बिशेषज्ञ डाःगोमा तुलाचन, सान्तवना पुरस्कार छिनेडाँडा पोखरा १४ का समाजसेवी सबिता कार्कीले सहयोग गरेका थिए ।

    त्यस्तै रेडियोका शेयर सदस्य तथा एम पी चष्मा घरका जुना पन्त, रेडियोका वोर्ड सदस्य देवकुमारी हिराचन, शेयर सदस्य सीता पाण्डे, ईनफोम्याटीम ईन्स्टिच्युट सृजनाचोक, जर्मन बेकरी, रिलायबल नेपाल लाईफ ईन्स्युरेन्स पृथ्वीचोक शाखा, आजीवन सदस्य लायन्स क्लब अफ पोखराका निवर्तमान अध्यक्ष लक्ष्मि रेग्मी, पोखरा १७ का विमल भट्टराई, मुस्ताङ्ख चोक पोखरा प्रमकुमारी केसी र पोखरा १७ का कमल भट्टराईले पनि सहयोग गरेका थिए ।

    रेडियो जननीका अध्यष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन रेडियोका निवर्तमान अध्यक्ष सविता शेरचन र कार्यक्रम सञ्चालन रेडियोका कार्यक्रम संयोजक सबु पाठकले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.