• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडा स्तरीय वक्तृत्वकलामा एसओएसका सचेत प्रथम

  •    शुभेच्छा न्यूज  /२५ भाद्र २०८०, सोमबार २१:०९ ,  प्रकाशीत
  • पोखरा वडा नं. १५ स्तरीय वक्तृत्वकला प्रतियोगितामा एसओएस स्कूलका सचेत सुवेदी प्रथम भएका छन् ।

    यस्तै, सेन्ट मेरिजकी छात्रा आयष्मा सुवेदी द्वितीय र गोल्डेन फ्युचरकी रिजा भण्डारी तृतीय भइन् । रेन्बो एकेडेमीकी स्विकृति भण्डारी र सिद्ध माविकी मनिषा बिकले सान्त्वना स्थान प्राप्त गरे ।

    विजेताहरुले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३÷३ हजार पुरस्कार प्राप्त गरे । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शंकर ज्ञवाली, विष्णु पौडेल, खगिशरा अधिकारी रहेका थिए ।

    राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी नाराका साथ पोखरा महानगरपालिका वडा नं. १५ को आयोजनामा बालहितकारी परियोजना नेपाल, राईट फर चिल्ड्रेन र थ्री एञ्जल्स नेपालको प्रायोजनमा बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले बालबालिकाको अन्तर्निहित क्षमताको विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन हुनुपर्ने बताइन् । उनले भनिन् –‘नयाँ पुस्ता प्रगतिशील छ । अपडेटेड छन् । चेतनाको विकास पनि पुस्तान्तरसँगै फैलँदो छ । बालबालिका संस्कारयुक्त हुनुपर्छ । आफ्नो देश, समाज बुझ्नुपर्छ । यो पुस्ताले अनेक अवसर पाएको छ । भविष्य उज्ज्वल छ।’

    पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा महिला, बालबालिका, युवाका लागि वडा सधैं क्रियाशील रहेको बताए ।

    वडामा विभिन्न तालिम तथा प्रशिक्षण, स्वास्थ्य शिविर, सीप विकासका लागि तालिमहरु वडाले प्रदान गरिरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.