हृदयघातबाट निधन भएका नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय
तपाईको प्रतिक्रिया





सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने भएको छ ।
हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।
सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो। २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।
पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।
०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए।
Related