सन् नेपाल लाईफ इन्स्योरेन्सले ३६ वर्षीय मृतक शानबहादुर भुजेल–बीमितको परिवारलाई १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी बीमा भुत्तानी गरेको छ ।
लमजुङ शाखाद्धारा सुन्दरबजार नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा एक कार्यक्रमका बीच वडाध्यक्ष जयराम रेग्मी, सो इन्स्योरेन्सका शाखा प्रमुख सुमित्रा बस्नेत दनाईले संयूक्त रुपमा मृतकका श्रीमती गोमा भुजेललाई उक्त बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त चेक हस्तान्तरण गर्दै वडाध्यक्ष रेग्मीले सबै नागरिकले बिमा गर्नुपर्ने अवधारण विकास गर्दै चेतना फैलाउन आवश्यक रहेको बताए ।
त्यस्तै उनले मृतक भुजेल परिवरामा घटेको घटनाले सबैलाई दुखित बनाएको बताउँदै यस दुखद घडिमा बिमा कम्पनीले केहीमात्रमा भएपनि मृतक परिवारलाई मलमपट्टि लगाएको भन्दै यस कम्पनीलाई धन्यावाद समेत ब्यक्त गरे ।
उक्त इन्स्योरेन्स कम्पनीमा सुन्दरबजार नगरपालिका वडा नं. ७ बडरेगाउँ घर भएका मृतक भुजेलले म्यादी जीवन बिमा योजना अन्तर्गत जीवन बिमा गरेका थिए ।
सो अन्तर्गत १० लाख बराबरको जीवन बीमा गरेको थियो । मृतक भुजेलले सो रकममध्ये पहिलो पटक ८ हजार रुपैयाँ बिमा बापतको रकम कम्पनीलाई बुझाएर विदेश जानु भएको थियो ।
सो बिमा रकम, किरिया खर्च, मृतक भुजेलको शव नेपाल ल्याउने लगायतका गरी १४ लाख रुपैयाँ रकम मृतकका परिवारलाई बुझाएको कम्पनीले जनाएको छ ।
यस इन्स्योरेन्स कम्पनीका प्रमुख बस्नेत दनाईका अनुसार विसं. २०७९ साउन ८ गते रोजगारीको सिलसिलामा साउदी गएका मृतक भुजेल विसं.२०७९ माघ २३ गते अचानक आफ्नै कोठामा मृत्यु भएको थियो । मृतक भुजेलको एक श्रीमती, दुई छोरा र एक छोरी रहेको बताइएको छ ।
उक्त कार्यक्रममा सोही वडाका वडा सदस्यहरु सविना सापकोटा, सन्तोष श्रेष्ठ, मुरली कुमाल, बुद्धिकला बिक, पूर्व वडा सदस्यहरु देवराज गुरुङ, देविमाया दर्जि,नेपाल सुन्दरबजार च्याम्बर अफ कमसका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मृतक भुजेलका परिवार, उक्त कम्पनीका कर्मचारी, स्थानीय बुद्धिजीवी नवराज श्रेष्ठ, पार्वती अधिकारी, सुनिता तिवारी, बिमल केसी, सिता नेपाली लगायतको सहभागिता रहेको थियो ।

Related