काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ।
हत्या भएका तीन जना एकै परिवारका रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको हो।
उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार यस घटनाको बारेमा बेलुका साढे ११ बजे प्रहरीले खबर पाएको थियो। प्रहरी घटनास्थल पुग्दा आलै रगत थियो।
हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन्।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पाइएको छ। अहिले प्रहरीद्वारा अनुसन्धान कार्य जारी रहेको छ।

Related