पोखरामा सार्वजनिक बसका यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा २ युवक पक्राउ
तपाईको प्रतिक्रिया





पोखरामा सार्वजनिक यातायात चढ्ने यात्रुहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुलाई ईच्छा विपरीत जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने तथा झोला समेत खोसाखोस गरी दु:ख दिएको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तनहुँ ब्यास-.१४ घर भइ पोखरा -९ पृथ्वीचोक बस्ने २४ वर्षीय मन्जित महरा र रौतहट गौर घर भइ पोखरा १३ मियापाटन बस्ने २४ वर्षीय अमर शाह रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
केही समय यता सर्वजनिक बसरका स्टाफहरुले यात्रीहरुलाए जवरजस्त ब्याग तानेर हैरानी दिन गरेका थिए ।
पोखराको पुराना बसपार्क,पृथ्बीचोकस्थित स्याङजा लाइन, बागलुङ बसपार्क लगायतका ठाउँहरुमा जवरजस्त यात्रुलाइ तानेर हैरानी दिने गरिएको थियो ।
यात्रीहरुले बसका कर्मचारीबाट यस्तो हर्कत देखाएपछि बिहारी शैलीको ब्यवहार भएको भन्दै गुनाशो गर्दै आएका थिए ।
उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related