मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई प्रहरीले सात दिन म्याद थप गरेको छ ।
चिकित्सकमाथि कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चिकित्सक कुटपितको बिषयमा गृहमन्त्रालयमा भएको छलफल पछि गृहमन्त्रीको निर्देशनमा प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
सोमबार अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकमाथि हातपात गरी अस्पताल तोडफोडसमेत गरेका थिए ।
बिरामीका आफन्तले बिनाकारण कुटपिट गरेको र प्रहरीले समेत चिकित्सकलाई नै धरपकड गरेको भन्दै मणिपालका चिकित्सक आन्दोलनमा छन् ।
पोखराभरका अस्पतालका चिकित्सकले मंगलबारदेखि सेवा दिन बन्द गरेका छन् ।

Related