पोखरा मणिपाल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोप लागेका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गर्न सिफारिस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो।
मणिपालमा विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा डक्टरहरूलाई साफ चुटेर आएँ भन्दै भीडलाई उक्साएको आरोप श्रेष्ठलाई लागेको थियो।
उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ।
सोमबार मणिपाल अस्पतालमा उपचारचार ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो। त्यसपछि दुराका आफन्त र चिकित्सकबीच विवाद उत्पन्न भएको थियो।
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ।
चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ ।
चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएका स्वास्थ्यकर्मीले बुधबार विरोध प्रदर्शनसमेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पोखराका स्वास्थ्यकर्मीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
मणिपाल शिक्षण अस्पताल फुलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लगायत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि विरोध प्रदर्शन गरे ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यन्वयनको माग स्वास्थ्यकर्मी राखेका छन् ।

Related