• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तमादीखोलाले जिप बगाउदा बेपत्ता भएका पौडेलको शव स्याङ्जा मिर्मिमा भेटियो

  •    शुभेच्छा न्यूज  /१६ आश्विन २०८०, मंगलवार १५:४० ,  प्रकाशीत
  • पर्वतको कुश्मा खरेहा र चुवाको बिचमा रहेको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका मध्ये थप एक जनाको शव भेटिएको छ ।

    शनिबार साँझ​ बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएकोमा कास्कीको अन्नपुणर् गाउँपालिका-३ नौडाँडाका ३४ वर्षिय बिजय भन्ने माधव पौडेलको शव स्याङ्जामा भेटिएको छ ।

    पौडेलको शव स्याङ्जाको गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान
    भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक केशब केसीले जानकारी दिए।

    भेटिएको शवको परिवारले पहिचाहन गरेको उनले बताए । शव भेटिएको खबर पाएसँगै परिवार र आफन्तहरु मिर्मि पुगेका थिए ।
    । मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए ।

    बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन् ।

    घटनास्थलमा सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

    बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजेतीर बाढीले बगाउँदा तीन पुरुष सहित गाडी समेत वेपत्ता भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.