• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि ‘मन्टेश्वरी चाइल्ड ट्यालेन्टशो’

  •    शुभेच्छा न्यूज  /२१ आश्विन २०८०, आईतवार १५:१५ ,  प्रकाशीत
  • पोखरामा साना साना बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम मन्टेश्वरी चाइल्ड ट्यालेन्टशो सम्पन्न भएको छ ।

    मन्टेश्वरी एसोसिएसन कास्कीको आयोजनामा भएको कार्यक्रममा ३२ मण्टेश्वरी स्कुलबाट ४ सय ४० विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरुले राष्ट्रभक्ती, लोकसंस्कृति, प्रकृति, योगा थिमका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

    पोखरा सभागृह हलमा सम्पन्न कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले भविष्यका कर्णधार साना साना बालबालिकालाई आफ्नो भाषा, भेषभुषा र संस्कृतिका बारेमा पनि जानकारी दिन यस्ता कार्यक्रम महत्वपुर्ण हुने बताइन ।

    उनले कितावी ज्ञानले मात्रै विद्यार्थीको शिक्षा पुर्ण नहुने बताउदै शिक्षण पद्दती र सिकाइले पनि बाल मानसिकतामा फरक पर्ने हुनाले सोही मुताविकको सिकाइ हुनपर्ने बताताइन ।

    मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षादिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको मण्टेशवरी एसोशिएसन कास्कीका अध्यक्ष शाल्भी बास्तोला मर्सानीले बताइन । संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने महसुस गराउन पनि कार्यक्रम आयोजना गरिएको बताइन ।

    कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष अरुणा शेरचन, अध्यक्ष शाल्भी बास्तोला मर्सानी, उपाध्यक्ष सावित्री थापा मोक्तान, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिब जानकी पराजुली, कार्यक्रम संयोजक रिता पौडेल, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा लगायतले बालबालिकाहरुको आत्मविश्वास र अन्र्तनिहित प्रतिभा प्रस्फुटनका लागि यस्तो खालका कार्यक्रमको आवश्यकताका बारेमा बोलेकाथिए ।

    ट्यालेन्ट शोमा सहभागी ३२ स्कुलका ४ सय ४० बाल बालिकालाई मायाको चिनो द्धारा सम्मान गरिएको थियो ।

    एउटा नृत्यमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राखेको उक्त कार्यक्रममा दशैंका नवदुर्गा, गणेश प्रार्थना, कौरा नृत्य, विभिन्न जात जातीका भेषभुषा सहितको नृत्य, सेभ द टाइगर थिमको नृत्य, योगासन आदि प्रर्दशन गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.