• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ५ लाख रुपैयाँ नगदसहित जुवाको खालबाट १६ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /१२ मंसिर २०८०, मंगलवार १४:१८ ,  प्रकाशीत
  • पोखरामा ५ लाख रुपैयाँभन्दा बढी नगदसहित जुवाको खालबाट १६ जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले १६ थान कौडासहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुबाट ५ लाख ५ हजार ६५ रुपैयाँ समेत बरामद भएको कास्की प्रहरीले जनाएको छ।

    पोखरा महानगरपलिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार राति साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा पोखरा–३३ भरतपोखरीका ३८ वर्षीय सन्तोगा गुरुङ, सोही ठाउँका ४६ वर्षीय राम केसी, पोखरा–६ का ३६ वर्षीय सञ्जिव अधिकारी, सोही ठाउँका ४० वर्षीय रााम ढकाल, ६४ वर्षीय वीरबहादुर लामिछाने, ४० वर्षीय मोहनबहादुर गुरुङ छन्।

    त्यसैगरी पोखरा–१७ बिरौटाका ४० वर्षीय प्रकाश पोखरेल, सोही ठाउँका ४६ वर्षीय कृष्णप्रसाद भण्डारी, ३० वर्षीय कुमार भण्डारी, ३८ वर्षीय गौतम गुरुङ छन्। पोखरा–२१ कृष्तीका ४८ वर्षीय होमबहादुर रानाभाट, सोही ठाउँका ४० वर्षीय टंकबहादुर कार्की, २३ वर्षीय अनिष श्रेष्ठ, पोखरा–१० अम्मरसिंहका ६३ वर्षीय मीनबहादुर बरुवाल, पोखरा–३३ गैरागाउँका ३३ वर्षीय रामचन्द्र आचार्य र पोखरा–१७ बिरौटाका ४० वर्षीय जीवन शाही पनि पक्राउ परेका छन्।

    पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.