पोखरा माहानगरपालीकाद्धारा सञ्चालित गण्डकी बहु प्राविधिक शिक्षालयले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
२०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीसँगको सहकार्यमा सञ्चालित शिक्षालयमा हाल ४ सय विद्यार्थीहरुले विभिन्न प्राविधिक विषयको अध्ययन गरिरहेका छन् ।
शिक्षालयमा इन्जिनियरिङ, फार्मेसी, फरेष्ट्री, मन्टेश्वरी अन्तर्गत विभिन्न ८ वटा विषयमा अध्यापन भइरहेको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
शिक्षालय सञ्चालन समितिका अध्यक्ष समेत रहनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राविधिक शिक्षामा महानगरपालिकाले अपेक्षाकृत सफलता हासिल गरेको बताए ।
प्राविधिक तथा गुणस्तरीय शिक्षामा थप लगानी गर्न पोखरा महानगरपालिका नहिचकिचाउने प्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीय बिद्यार्थीलाइ जीवनोपयोगी र व्यवहारिक शिक्षामा आकर्षित गर्न गण्डकी बहु प्राविधिक शिक्षालय धेरै हदसम्म सफल भएको बताए।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले प्राविधिक शिक्षाका सवालमा गण्डकी बहु प्राविधिक शिक्षालयका बिद्यार्थीहरु देशभरिकै उत्कृष्ट रहेको बताए ।
सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक र प्रशिक्षकहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षालयका बिद्यर्थाीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Related