पोखरामा स्कुटर चोरी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् ।
मंसिर १९ गते पोखरा ३ नदिपुरमा पार्किङ गरेको ग १४ प २०३४ नम्बरको स्कुटर र बगरमा पनि पार्किङमै रहेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेको आरोपमा बाग्लुङ स्थायी घर भई हाल पोखरा १६ दिप बस्ने वर्ष १७ बालकलाई स्कुटर सहित फेला पारेको प्रहरीले जनाएको छ ।
खोजतलासको क्रममा प्रहरीले उनलाई ग १४ प २०३४ नम्बरको स्कुटर सहित फेला पारेपछि सोधखोजका क्रममा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी श्रवण कुमार बिकले बताए ।
पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्र्रहरीले जनाएको छ ।

Related