• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेयर कप सुरू, कृष्ण र स्वीकृति दौड च्याम्पियन

  •    शुभेच्छा न्यूज  /९ पुष २०८०, सोमबार १८:४१ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू भएको छ ।

    पोखरा रंगशालामा मंगलबारसम्म चल्ने विभिन्न चार विधाका खेल हुने प्रतियोगिताको मेयर धनराज आचार्यले उद्घाटन गरे ।

    उद्घाटन समारोहमा बोल्दै मेयर आचार्यले नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलमा त्यस्तो नभएको बताए । खेलकुदले नेपाली समाजलाई एकताबद्ध बनाइराखेको उनको भनाइ थियो । ‘नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलकुदमा विभाजित छैन । जब हामी अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश पालिकादेखि वडाका पनि केहीमा विजेता बन्छौं बधाई दिन समाज एकठाउँ हुन्छ,’ उनले भने, ‘त्यसैले खेलकुदले समाजलाई एकताबद्ध गर्छ ।’

    उपमेयर मञ्जुदेवी गुरूङले पोखरालाई खेल पर्यटनको सहरको रूपमा विकास गरिनुपर्ने बताइन् । पोखरालाई खेलाडीहरूको सहरको रूपमा विकास गर्न सके त्यो गर्वलायक हुने उनले सुनाइन् । ‘पोखरा तालैताल, गुफैगुफा, धर्मको थलोमात्र होइन । यसलाई खेल पर्यटनको शहर बनाउनपर्छ भनेर हामी लागिरहेका छौं,’ उपमेयर गुरूङले भनिन् ।

    प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास भएको थियो । गण्डकी आवसीय मावि मार्च पासमा प्रथम, सैनिक आवसीय मावि द्वितीय र कास्की मोडनाइज्ड एकेडेमी तृतीय भएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । द्वितीय र तृतीय हुनेले क्रमशः ९ र ५ हजार रूपैयाँ पाए । मार्च पासमा पोखराका ४५ विद्यालय सहभागी थिए ।

    छात्र ३ हजार मिटरमा कुमिदिनी होम्सका कृष्णबहादुर परियार च्याम्पियन बने । छोरेपाटन माविका तेन्जोन रोका मगर द्वितीय र भद्रकाली माविका एमबहादुर गुरूङ तृतीय भए । छात्रातर्फ कालिका माविकी स्वीकृति कार्की प्रथम, छोरेपाटन माविकी नारायणी भण्डारी द्वितीय र गौरीशंकर माविकी कविता मगर तृतीय भएको खड्काले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३, २ र १ हजार रूपैयाँसहित मेडल पुरस्कार पाएका छन् ।

    पहिलो दिन भलिबल र कबड्डीको प्रारम्भिक चरणका खेल पनि भएको आयोजकले जनाएको छ । आइतबार भएको छात्र भलिबलतर्फ पोल ‘ए’ बाट रत्न शोभा मावि, ब्रह्म रूपमा मावि, विन्देश्वरी मावि, गौरीशंकर मावि, बाल मन्दिर मावि, सिद्ध बराह मावि, अमरसिंह मावि, गुरुकुल मावि, सृजना बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको पोखरा महानगरपालिका भलिबल संघ अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए । पोल ‘बी’ बाट शान्त मावि, भद्रकाली मावि, जनप्रकाश मावि, न्यू ग्यालेक्सी, स्पाइरल ग्यालेक्सी, सिद्धार्थ लबडेल, कालिका मावि, रत्न राज्य मावि दोस्रो चरणमा प्रवेश गरेका छन् । छात्रातर्फ पोल ‘ए’को शान्त मावि, टप्स मावि, इन्द्रराज्य लक्ष्मी मावि, कन्या मावि, सृजना मावि र पोल ‘बी’ बाट जनप्रिय मावि, श्री कृष्ण मावि, नेसनल क्रिएसन अर्को चरणमा पुगेको लामिछानेले बताए ।

    कबड्डी छात्रतर्फ श्रीकृष्ण मावि, सहिद स्मृति मावि, रामेश्वरी मावि, भवानी कालिका मावि, शान्ति मावि, ज्ञानसागर मावि, सरस्वती टीका मावि, त्रिभुवन शान्ति मावि र अमरसिंह मावि दोस्रो चरणमा प्रवेश गरेका छन् । छात्रातर्फ सरस्वती टीका मावि, जनप्रकाश मावि, विन्ध्वेश्वरी मावि, विन्ध्यावासिनी मावि, सहिद स्मृति मावि, अमरसिंह मावि, श्रीकृष्ण मावि, बेथानी मावि दोस्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

    भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल प्रतियोगितामा समावेश गरिएको छ । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालय प्रतियोगितामा सहभागी रहेको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.