• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ महोत्सव : लोकपप र लोकदोहरीमा जोस्सिए दर्शक

  •    शुभेच्छा न्यूज  /१२ पुष २०८०, बिहीबार १५:४२ ,  प्रकाशीत
  • पोखराको लेखनाथमा जारी लेखनाथ महोत्सवमा बुधबार साँझको चिसो मौसम कलाकारहरुको फरक शैलीको प्रस्तुतिले तात्न पुग्यो । जब साँझ ढल्किदै गयो लाइभ पप कन्सर्टको प्रतीक्षामा रहेका दर्शकहरुको धैर्यता मनोरञ्जनमा परिणत भयो ।

    लोकपपमा पछिल्लो समय लोकप्रिय बन्दै गएका गायक संगीतकार जी पुनको प्रस्तुतिसँगै कन्सर्टको आरम्भ भयो । गायक पुनको गायनमा संयुक्त फिल्मसका कलाकारहरुले कौडा नृत्य प्रस्तुत गरे ।

    उनले लोकपप शैलीका आफ्ना अरु दुई गीत म त सिम्पल सिम्पल छु, म त सिंगल सिंगल छु तथा छ भने माया नजिकै आइदेउ न गाउँदा कन्सर्टमा दर्शकहरुलाई तताएको थियो ।

    साँझ ढल्किदै जाँदा पनि दर्शकहरुको उपस्थिति र उत्साहमा कमि देखिएको थिएन । चिसो चिसो मौसम र विस्तारै साँझ गाढा हुँदै जाँदा चर्चित गायिका साहिमा श्रेष्ठ र गायक रमेश राज भट्टराईको प्रस्तुतिमा दर्शकहरु थप जोसिएर नाचिरहेका भेटिन्थे ।

    बुधबार दिउसो महोत्सवमा लोक गीतसंगीतका पारखीका लागि लोकप्रिय लोकदोहोरी गायक विष्णु खत्रीसहितका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

    जसमा लोकदोहोरी कलाकारहरु बसन्त विक, तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार, हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी पुर्खेबा स्टेजमा प्रस्तुत भएका थिए । लोकदोहोरी गायक खत्रीले आफ्ना लोकप्रिय गीतहरु पल्टनबाट छुट्टिमा आको, भरिया दाइले लगायत प्रस्तुत गरेका थिए ।

    फरक फरक दिन फरक फरक शैलीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको महोत्सव आयोजकको दावी छ । दोहोरीका पारखीदेखि युवाहरुलाई लक्षित गरि आयोजित लाईभ पप कन्सर्टका कारण सबै प्रकृतिका दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको बताइएको छ ।

    पुस ५ गतेदेखि जारी १९ औं संस्करणको महोत्सवमा रमाईलो माहोल रहेका कारण दैनिक दर्शकको संख्या बढ्दै गइरहेको भनाइ आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको छ । महोत्सवलाई मौसमले पनि साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप बाक्लिने गरेको छ ।

    बुधवार मात्र करिव २० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या २ लाख १५ हजार पुगेको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । महोत्सवमा राखिएका करिव तीन सय ४७ फरक फरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने अध्यक्ष श्रेष्ठले बताए ।

    पुसको १६ गतेसम्म चल्ने महोत्सव छैटौं दिनमा चलिरहदाँ बुधवार मात्र करिव ४० लाख बराबरको आर्थिक कारोवार भएको र अहिलेसम्म ५ करोड १० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।

    मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताएका थिए ।

    महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायतका कार्यक्रमहरु पनि भएका छन् ।

    महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

    साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको आयोजक संस्थाले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.