• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका अनिशलाई खल्ती वालेटबाट वर्ल्डलिङ्कको बिल तिर्दा दुबई टुर

  •    शुभेच्छा न्यूज  /१३ पुष २०८०, शुक्रबार १०:२७ ,  प्रकाशीत
  • पोखराका अनिश कुवँरले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् ।

    खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौं रमेर” अफर अन्तर्गत पोखरा – २६, सक्नेरीका कुवँरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् ।

    खल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैंलाई परेको भन्दा विश्वास लागेको थिएनुु आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने ।

    वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ को अफर दिइएको छ र हरेक हप्ता खल्तीले लक्की ड्र मार्फत दुई जोडीलाई दुबई टुर दिँदै आएकोमा तेस्रो हप्ताको लक्की ड्र का विजेता पोखरा– २६ सक्नेरीका अनिश कुवँर भएका हुन् ।

    यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

    खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।

    विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भाउचर पाउँछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भाउचर पाउँछन् ।

    खल्तीले ती भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर जान्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.